नेपाली कांग्रेस भक्तपुरको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न
भक्तपुर, मंसिर ५
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरमा ४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा शनिवार अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयन्द्र खड्का, शिव अवाल, प्रदिप कार्की र ओमप्रकाश श्रेष्ठलाई सभापतिमा निर्वाचित गरेको छ...
चोरीमा संलग्न र चोरीका सामान खरिद बिक्री गर्ने चार भारतीय नागरिक पक्राउ
भक्तपुर, मंसिर ३
भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । सो उद्योगमा कार्तिक ३० गते राती चोरी भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले...
संघीय र प्रदेशका भौतिक पुर्वाधार मन्त्रीबीच भेटवार्ता – नगरकोट सडक तोकिएको समयसिमाभित्र निर्माण सम्पन्न...
भक्तपुर, मंसिर १
भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव र बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलबीच बुधवार मन्त्री निवास पुल्चोकमा भेटवार्ता भएको छ । भेटमा दुई मन्त्रीबीच भक्तपुरको नगरकोट सडक निर्माणका विषयमा...
अपाङ्गता भएका व्यक्तिलाई एक महिने हस्तकलाका सामग्री बनाउने तालिम
भक्तपुर, मंसिर १
भक्तपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुको संरक्षकहरुका लागि एक महिने हस्तकलाका सामग्री बनाउने तालिम शुरु गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुको संरक्षकहरुलाई सीप विकास गरी आत्मनिर्भर बनाउन बुधवारदेखी...
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
भक्तपुर, कार्तिक ३०
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा मोटरसाइकल अनियन्त्रित भई मंगलवार बिहान दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
काठमाण्डौबाट भक्तपुरतर्फ आउदै गरेको बागमती प्रदेश ०२–०२७ प २३५३ नं. को मोटरसाइकल...
पुनर्ताजकीकरणमा कांग्रेस
रजनी अमात्य जोन्छें, भक्तपुर, कार्तिक ३०
मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस १४ औँ महाधिवेशनको प्रक्रियामा अघि बढि रहेको छ । हालसम्म १३ वटा हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न भईसकेका छन् भने विभिन्न जिल्लाहरुमा...
नेकपा एमालेको १० औं महाधिवेशनका लागि भक्तपुरबाट १७ प्रतिनिधि चयन
भक्तपुर, कार्तिक २८
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं महाधिवेशनका लागि भक्तपुरबाट ५ महिलासहित १६ प्रतिनिधि चयन भएका छन । भक्तपुरको दुई निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. १ मा निर्वाचनमार्फत र क्षेत्र नं. २...
सिद्धपोखरीमा डुबेर २७ वर्षिय युवकको मृत्यु
भक्तपुर, कार्तिक २७
भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका १ दुधपाटीस्थित सिद्धपोखरीमा शनिवार साँझ चाँगुनारायण नगरपालिका ३ झौखेलका २७ वर्षिय युवक राजेश सुलुको डुबेर मृत्यु भएको हो ।
सिद्धपोखरीमा युवक...
लागाजु पुनः अध्यक्ष चुनिए
भक्तपुर, कार्तिक २५
भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघको अध्यक्ष पुनः कृष्णगोविन्द लागाजु चुनिएका छन । संघको बिहिवार सम्पन्न १७ औं वार्षिक साधारणसभाले लागाजुलाई पुनः अध्यक्ष चुनेको हो ।
भक्तपुर जिल्लाका वचत तथा ऋण सहकारीहरुको...
राष्ट्रियस्तरका नेताहरुको विवरणको गोप्यताबारे संवेदनशिल बन्नुपर्ने–अध्यक्ष बिजुक्छें
भक्तपुर, कार्तिक २५
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले राष्ट्रिय स्तरका नेताहरुको विवरण गोप्यताको महत्वका बारेमा केन्द्रीय तथ्यांक विभाग संवेदनशिल बन्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय जनगणना–२०७८ कार्यक्रम अन्तर्गत भक्तपुर नगरको गणना शुभारम्भ गर्दै अध्यक्ष बिजुक्छेंले...