नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले वडामा प्रतिनिधि खटायो

भक्तपुर, चैत्र १
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत वडा वडामा प्रतिनिधि खटाएको छ । नगर समितिको मंगलवार बसेको बैठकले वडा वडामा प्रतिनिधि खटाएको हो ।
बैठकले नगरको वडा नं. १ मा विनय नगरकोटी, २ मा पारसमणी पाकुर, ३ मा रुपक न्यौपाने, ४ मा जनक भण्डारी र सुदन महर्जन, ५ मा सुमन न्यौपानेलाई प्रतिनिधि खटाएको नगर समितिका प्रवक्ता रमेश खड्काले बताउनुभयो । त्यसैगरी विश्वराम थापालाई वडा नं. ६, अमिर ढुंगानालाई ७, रमेश अधिकारी ८, सरेश केसी ९ र रमण कायष्थलाई वडा नं. १० मा प्रतिनिधि खटाएको छ ।
बैठकले घर घर जाऔं, कांग्रेस जिताऔं अभियान अन्तर्गत प्रतिनिधिहरुले वडा वडामा पुगेर चैत्र २ गते बिहान ८ बजे नगरका सबै वडामा एकै समयमा बैठक राख्न निर्देशन समेत दिएको नगर सभापति निशान ढुंगेलले बताउनुभयो ।
यसैगरी नेपाली कांग्रेस जिल्ला कार्यसमितिले सूर्यविनायक नगरपालिकाका १० वटै वडामा प्रतिनिधि खटाएको छ । जिल्लाले सूर्यविनायकको वडा नं. १ मा धर्मरत्न खाईतु, वडा नं. २ मा सुरेन्द्र श्रेष्ठ, ३ मा किरण थापा श्रेष्ठ, ४ मा ज्ञानदास प्रजापति, ५ मा रामकाजी चक्रधर, ६ मा दिलकृष्ण प्रजापति, ७ मा सन्तोष भट्टराई, ८ मा जनक खत्री, ९ मा कमला कर्माचार्य र १० मा रविन्द्र प्रधानलाई प्रतिनिधि खटाएको जिल्ला सचिव सुशिल बस्नेतले बताउनुभयो ।