प्रनानि मृत अवस्थामा फेला
भक्तपुर, पुस ८
भक्तपुरमा सूर्यविनायक वडा नं. ८ सिपाडोल टौखेलमा एक प्रहरी नायव निरीक्षक मृत अवस्थामा फेला परेको छ । नेपाल प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाण्डौमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षिय...
कटुञ्जे सुवर्णेश्वर खानेपानीको २२ औं साधारण सभा सम्पन्न
भक्तपुर, पुस ७
कटुञ्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिको २२ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाले समितिका अध्यक्षको वार्षिक प्रगती प्रतिवेदन र वार्षिक नीति तथा कार्यक्रम र बजेट तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन...
सञ्चार क्षेत्रका २ विधेयकको मस्यौदामा सुझाव माग
भक्तपुर, पुस ६
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चार माध्यमसँग सम्बन्धित दुई विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव माग गरेको छ । मन्त्रालयले सञ्चारमाध्यम तथा पत्रकारहरुको नियमन र अनुगमनका लागि दुई स्वायत्त निकायको परिकल्पना गरी राष्ट्रिय...
चाँगुनारायणमा विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्यशाला सम्पन्न
भक्तपुर, पुस ५
चाँगुनारायण नगरपालिकाको आयोजना तथा वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा आयोजित स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना निर्माण सम्बन्धि कार्यशाला बिहिवार सम्पन्न भएको छ । गत मंसिर १९ गतेदेखि शुरु भएको सो कार्यशाला...
काठमाण्डौंमा यो वर्षकै न्यून तापक्रम मापन
भक्तपुर, पुस ५
काठमाण्डौंमा आज (बिहिवार) यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।
“यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो ।...
नेसनल प्याव्सन भक्तपुरका विद्यार्थीलाई एसईई अभिमुखीकरण
भक्तपुर, पुस ४
नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि बुधवार अभिमुखीकरण गरेको छ ।
कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा.तारा प्रसाद गिरीले भविष्य बनाउने समय नै...
बालिका बलात्कारको अभियोगमा एक पक्राउ
भक्तपुर, पुस ४
भक्तपुरको चाँगुनारायण नगरपालिका–५, पिखेलकी एक बालिका बलात्कृत भएकी छिन । उनलाई बलात्कार गरेको अभियोगमा सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्थित एक इट्टाभट्टामा काम गर्ने ४९ वर्षिय सोम बहादुर...
संघीयताको सफल कार्यान्वयन हुन नसक्दा देश विखण्डित हुने खतरा–अध्यक्ष बिजुक्छें
भक्तपुर, पुस २
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले नेपालमा संघीयताको सफल कार्यान्वयन हुन नसक्दा र स्वायत्तताको दुरुपयोग हुँदा देश विखण्डित हुने खतरा बढिरहेको बताउनुभएको छ । उहाँले देशका शासकहरुले पुरानै शैलीमा शासन...
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
भक्तपुर, मंसिर ३०
भक्तपुरमा शुक्रवार राती टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् ।
पुरानो थिमि...
चाँगुनारायण नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन, आइतबारदेखि नयाँ भवनबाटै कार्यसम्पादन सहित सेवा सुरु हुने
भक्तपुर, मंसिर २९
चाँगुनारायण नगरपालिकाको नवनिर्मित प्रशासकिय भवनको शुक्रवार भव्य कार्यक्रमबीच उद्घाटन गरिएको छ । नगरप्रमुख जीवन खत्रीले भव्य कार्यक्रमबीच उक्त भवनको उद्घाटन गर्नुभएको हो । यससँगै नगरपालिकाले आइतबारदेखि नयाँ भवनबाटै कार्यसम्पादन सहित सेवा सुरु...