काठमाण्डौंमा यो वर्षकै न्यून तापक्रम मापन

भक्तपुर, पुस ५
काठमाण्डौंमा आज (बिहिवार) यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।
“यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,” मौसमविद् सञ्जिव अधिकारीले भन्नुभयो । काठमाण्डौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाण्डौंको तापक्रम ५ डिग्री सेल्सियस थियो ।
काठमाण्डौंमा आज बिहान पाँच किलोमिटर भिजिविलिटी रहेको छ । ९ बजेसम्म काठमाण्डौंमा लागेको हुस्सु तथा कुहिरो हट्ने उहाँले बताउनुभयो ।