मध्यपुर युथमाथिको कारवाही सच्याउन बी डिभिजन क्लवहरुको माग

भक्तपुर, पुस ५
बी डिभिजन क्लबहरुले मध्यपुर युथ एशोसिएसनलाई कारबाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयको विरोध गरेका छन् । बी डिभिजन क्लबहरुको बुधवार बसेको बैठकले मध्यपुर युथलाई कारवाही गर्ने एन्फाको निर्णयको विरोध गर्दै सच्याउन माग गरेको हो ।
एन्फाको पुस २ गते बसेको बैठकले छानविन समिति गठन गर्दै समितिको प्रतिवेदन नआएसम्म मध्यपुर युथ एशोसियनलाई फुटबलका कुनै गतिविधिमा भाग लिन नदिने निर्णय गरेको थियो । बी डिभिजन क्लवहरुले एन्फाको सोही निर्णयको विरोध गर्दै निर्णय सच्याउन चेतावनी समेत दिएको हो ।
बी डिभिजन क्ल्वहरुले एन्फाले निर्णय नसच्याएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि गतिविधिमा सहभागिता नजनाउने निर्णय समेत गरेको छ ।