नेसनल प्याव्सन भक्तपुरका विद्यार्थीलाई एसईई अभिमुखीकरण

भक्तपुर, पुस ४
नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि बुधवार अभिमुखीकरण गरेको छ ।
कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा.तारा प्रसाद गिरीले भविष्य बनाउने समय नै अहिले स्कुल जीवनमा नै हो भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिड्ने व्यक्ति सफल हुने बताउनुभयो । उहाँले विद्यार्थीहरुले आजको समयलाई सहि सदुपयोग गर्नुपर्ने सन्देश प्रवाह गर्नुभयो । उहाँले विविध जीवनपयोगी उत्प्रेरणा जोड्दै पढ्ने र सिक्ने समयलाई कहिल्यै अन्यन्त्र खेर फाल्न नहुनेमा जोड दिनुभयो ।


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीहरुले अब २०८० मा हुने एसईईमा कम्तीमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रणाली लागु हुने उल्लेख गर्दै पढ्न र सिक्न विद्यार्थीले निरन्तर अभ्यास गर्दै जानु पर्नेमा जोड दिनुभयो ।
नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले अक्षराकं प्रणालीको कारण नपढे पनि उत्तीर्ण भइनेछ भन्ने विद्यार्थी र अभिभावकहरु भ्रममा रहेको बताउँदैं विद्यार्थी तथा अभिभावकहरुलाई परीक्षा विशेष एवं सिकाईमा सहभागिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै जानुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पूर्व परीक्षा नियन्त्रक तथा नेनाल सरकारका उपसचिव अर्जुन बहादुर रायमाझी, नेसनल प्याव्सन केन्द्रीय सदस्य जिबि खड्का लगायतको उपस्थिति रहेको थियो ।