प्रनानि मृत अवस्थामा फेला

भक्तपुर, पुस ८
भक्तपुरमा सूर्यविनायक वडा नं. ८ सिपाडोल टौखेलमा एक प्रहरी नायव निरीक्षक मृत अवस्थामा फेला परेको छ । नेपाल प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाण्डौमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षिय बालकृष्ण उपाध्याय घिमिरे आफ्नै घरमा मृत अवस्थामा फेला परेको हो ।
घिमिरे आफ्नै घरको तेस्रो तलामा आफु सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर ढुंगानाले बताउनुभयो । उनको मृत्यु कारण प्रहरीले खुलाएको छैन । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्र.नि. ढुंगानाले जानकारी दिनुभयो ।