टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर, मंसिर ३०
भक्तपुरमा शुक्रवार राती टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् ।
पुरानो थिमि बहाखाबजारबाट सानोथिमितर्फ जाँदैं गरेको बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई शुक्रबार राति पौने ११ बजे मध्यपुर थिमि नगरपालिका–२ सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि विपरित दिशाबाट आउँदैं गरेको बा ४ ख २३४७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भीर घाईते भएका राति ११ बजेर २१ मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिनुभयो । घाईते मैनालीलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगिएकोमा त्यही उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले घटनामा संलग्न टिपर चालक धादिङ थाक्रे गाँउपालिका वडा नं. ७ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल बस्ने ४२ वर्षिय सुरेश तामाङलाई नियन्त्रणमा लिएर थप आवश्यक कारवाही भइरहेको पाठकले बताउनुभयो ।