चाँगुनारायण नगरस्तीय राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकृष्ण माविलाई

भक्तपुर, मंसिर ३०
चाँगुनारायण नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि खरिपाटीस्थित श्रीकृष्ण माध्यामिक विद्यालयले जितेको छ । गत मंसिर २६ गतेदेखी शुरु भई २८ गते सम्पन्न भएको प्रतियोगितामा १४ स्वर्ण, १३ रजत र ९ कास्यसहित कुल ३६ पदकका साथ श्रीकृष्णले उपाधि जितेको हो ।
प्रतियोगितामा पारिजात विद्याकुञ्ज ८ स्वर्ण, ६ रजत र ५ कास्यसहित दोस्रो, गोल्डेन सुनगाभा ईंङ्गलिस स्कुल ७ स्वर्ण, १० रजत र ९ कास्यसहित तेस्रो, प्रज्ञा ईंङ्गलिस स्कुल ६ स्वर्ण, ६ रजत र १८ कास्यसहित चौंथो र चाँगुनारायण माध्यामिक विद्यालय ५ स्वर्ण र ४ कास्यसहित पाँचौं स्थानमा रहे ।


यसैगरी युनाइटेड प्रिप्यारेटरी ईङ्गलिस स्कुल ४ स्वर्ण, ३ रजतसहित छैंठौंं, महेन्द्र ग्राम मावि ३ स्वर्ण, ७ रजत, ५ कास्यसहित सातौं, देवी मावि ३ स्वर्ण, ३ रजत, ५ कास्यसहित आठौं, नर्थईष्ट ईङ्गलिस स्कुल ३ स्वर्ण, १ रजत, १ कास्यसहित नवौं, मित्रश्री पाठशाला २ स्वर्ण, १ रजत र १ कास्यसहित दशौं स्थान हासिल गरे ।
आरक्षण नेशनल एकेडेमी र पञ्चकन्या मावि समान २ स्वर्ण, २ कास्यसहित संयुक्तरुपमा ११ औं, गणेश मावि छालिङ १ स्वर्ण, २ रजत, १ कास्यसहित १२ औं, गणेश मावि दुवाकोट १ स्वर्ण, १ रजत, १ कास्यसहित १३ औं, ऋतमभरा पाठशाला १ स्वर्ण, ३ कास्यसहित १४ औं, क्वालिटी ईङ्गलिस स्कुल १ स्वर्ण २ कास्यसहित १५ औं स्थानमा रहे ।


यसैगरी फुलब्राइट स्कुल ३ रजत, ३ कास्यसहित १६ औं, द कन्ट्री साइड स्कुल १ रजत १ कास्यसहित १७ औं, आजाद मावि, बागेहिणी मावि र साइनिङ स्कुल समान एक÷एक रजतका साथ संयुक्तरुपमा १८ औं, सरस्वती मावि ३ कास्यका साथ १९ औं र बालमिकेश्वर मावि १ कास्यका साथ २० औं स्थान हासिल गर्न सफल भए ।
प्रतियोगिताका विजयी खेलाडी तथा विद्यालयलाई शुक्रवार आयोजित नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहमा नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका प्रमुख उप अनुसन्धान निर्देशक टेकराज तिमल्सिना, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक बसन्त पाठक, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, वडा नं. १ देखी ९ सम्मका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरुलगायतका अतिथीहरुले मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरी पुरस्कृत गरेका थिए ।