बालिका बलात्कारको अभियोगमा एक पक्राउ

भक्तपुर, पुस ४
भक्तपुरको चाँगुनारायण नगरपालिका–५, पिखेलकी एक बालिका बलात्कृत भएकी छिन । उनलाई बलात्कार गरेको अभियोगमा सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्थित एक इट्टाभट्टामा काम गर्ने ४९ वर्षिय सोम बहादुर स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत पुस २ गते साँझ करिव सवा सात बजे ती बालिका हराएकी थिईन । उनलाई पुस ३ गते साँझ ५ बजे पिखेलमै फेला पारेका थिए । बालिका फेला परेको सूचनाको आधारमा प्रहरी प्रभाग व्यासीको प्रहरी टोलीले उद्धार गरी प्रहरी परिसर ल्याएको थियो ।
अनुसन्धानका क्रममा स्याङतानले निज बालिकालाई आफ्नो झ्याउलिमा लगि जवरजस्ती करणी गरेको भन्ने खुल्न आएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरिक्षक किशोर ढुंगानाले बताउनुभयो । स्याङतानलाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप कारवाही भइरहेको ढुंगानाले जानकारी दिनुभयो ।