मौरिसस विरुद्ध नेपाललाई विमलको गोलमा अग्रता
भक्तपुर, माघ १५
काठमाण्डौंको दशरथ रंगशालामा जारी मौरिसस विरुद्धको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले दोस्रो हापको ५५ औं मिनेटमा अग्रता लिएको छ । नेपालका लागि खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले अग्रता दिलाएका हुन ।
प्रतिबन्ध...
बसको ठक्करले मोटरसाइकलमा सवारको मृत्यु
भक्तपुर, माघ १५
भक्तपुरको नलिञ्चोक बाँसघारीमा शनिवार दिउँसो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रुको मृत्यु भएको छ । बनेपाबाट भक्तपुरतर्फ आउँदैं गरेको बा. ५ ख ३०२० नं. को यात्रुबाहक बसले सूर्यविनायक नगरपालिका–९ नलिञ्चोक बाँसघारीस्थित अरनिको...
नेपाल र मौरिससबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी
भक्तपुर, माघ १५
काठमाण्डौंको दशरथ रंगशालामा जारी नेपाल र अफ्रिकी मुलुक मरिससबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको पहिलो हापमा दुवै टोलीले केही अवसर बुनेपनि गोल गर्न नसक्दा खेल गोलरहित...
वरिष्ठ पत्रकार राणालाई मातृशोक
भक्तपुर, माघ १५
वरिष्ठ पत्रकार एवं देशान्तर मिडिया प्रा. लि.का प्रधान सम्पादक तथा प्रबन्ध निर्देशक कवीर राणालाई मातृशोक परेको छ । नेपाली कांग्रेस भक्तपुरका नेता समेत रहनुभएका राणाकी माता मीनकुमारी राणाको शनिवार ८३ वर्षको उमेर...
सार्वजनिक सवारीमा जोर बिजोर खारेज, नीजि सवारी र ट्याक्सीमा यथावत
भक्तपुर, माघ १४
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज (शुक्रवार) राती देखी लागू हुने गरी सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली खारेज गरेको छ । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि यसअघि लागू गरिएको जोर बिजोर प्रणालीका बारेमा...
इरान विश्वकपमा छनोट
भक्तपुर, माघ १४
इरान आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलको लागि छनोट भएको छ । गएराती सम्पन्न खेलमा इरान चिरपरिचित प्रतिद्धन्द्धी इराकलाई १–० ले पराजित गर्दै विश्वकप २०२२ मा छनोट हुने पहिलो एसियाली मुलुक...
भक्तपुरमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३६३ पुग्यो
भक्तपुर, माघ १३
भक्तपुरमा बिहिवार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिकाका एक पुरुष हुन । यससँगै भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६३ पुगेको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता
भक्तपुर, माघ १३
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी एवम् भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई र सृजना सैंजुबीच बिहिवार भेटवार्ता भएको छ ।
भेटमा नगर प्रमुख प्रजापतिले...
भक्तपुरका चार नगरपालिका मध्ये सबैभन्दा धेरै जनसंख्या सूर्यविनायकमा
भक्तपुर, माघ १३
भक्तपुरका चार नगरपालिकामध्ये सबै भन्दा धेरै जनसंख्या सूर्यविनायक नगरपालिकामा रहेको छ । राष्ट्रिय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार भक्तपुरका चार नगरपालिका मध्ये सूर्यविनायकमा सबै भन्दा धेरै जनसंख्या...
भक्तपुरमा बुधवार थपिए ५२८ कोरोना संक्रमित
भक्तपुर, माघ १२
भक्तपुरमा बुधवार ५२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधवार ३४५ पुरुष र २३७ महिला संक्रमित थपिएका हुन ।
भक्तपुरमा बुधवार सबैभन्दा धेरै सूर्यविनायक नगरपालिकामा १३४ पुरुष र...