फ्रान्समा सम्पन्न ट्रेल रनमा नेपालकी सुनमाया दोस्रो भइन

भक्तपुर, भाद्र ११
नेपालकी सुनमाया बुढा फ्रान्समा सम्पन्न यूटीएमबी सय किलोमिटर रेसमा दा्स्रो भएकी छिन । द नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धामा उत्रिएकी सुनमाया निर्धारित दुरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरी दोस्रो भएकी हुन ।
रेसमा फ्रान्सकी ब्लान्डिनी ल हिरोन्डेली पहिलो भइन । उनले ११ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । तेस्रो बनेकी अमेरिकाकी अबी हलले निर्धारित दुरी १२ घण्टा १२ मिनेट ५६ सेकेन्डमा पुरा गरिन् । मंगलबार सुरु भएको ट्रेल रन सुनमायाले शुक्रबार राति पुरा गरेकी थिईन् ।
यस दौडलाई विश्वको कठिन दौड मानिन्छ । यूटीएमबी विश्वको सबैभन्दा ठुलो ट्रेल रन मध्येको एक हो । जसमा सबै विधामा गरि २५ सय भन्दा बढी खेलाडी सहभागी हुने गर्छन् । करिब एक हप्तासम्म चल्ने यस प्रतियोगितामा नेपालबाट सुनमाया सहभागी बनेकी थिईन् ।
सुनमायाले दौडमा आफुले राम्रो अनुभव महशुश गरेको बताईन् । ‘पहिलेदेखिनै हाफ म्याराथन, फुल म्याराथन युरोपमा दौडदै आएको थिएँ,’ उनले भनिन्, ‘चौथो पटक फ्रान्समा दौडिन आएको थिएँ । वेस्ट दिने कोशिश गर्छु भन्ने थियो । ग्रुपले पनि टप टेनसम्म आए राम्रो मानिन्छ भन्ने कुरा गरेको थियो । तर सेकेन्ड नै भएँ ।’