आज हरितालिका तिज मनाईंदै
भक्तपुर, भाद्र २४
भाद्र शुक्ल तृतीयाको अवसरमा आज सनातन धर्मावलम्बी खसआर्य समूदायका महिलाहरूले हरितालिका तिज पर्व मनाउँदैछन । महादेवको पूजा आराधना गरी अविवाहिता युवतीले ईच्छ्याएको पति पाउन र विवाहिता महिलाले आफ्ना पतिको दिर्घायूको कामना गरी...
यसवर्ष पनि पञ्चदान पर्व औपचारिकतामा सीमित
भक्तपुर, भाद्र २१
भक्तपुरका बौद्धमार्गीहरुले आइतवार पञ्चदान पर्व औपचारिकतामा सिमित गरी बिहारमा बुद्धको पुजा गरी मनाएका छन । भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने भक्तपुरको पञ्चदान पर्व सामान्य औपचारिक पूजामा सीमित गरी मनाएको हो ।
कोभिड संक्रमणको...
कक्षा १२ को परीक्षा भाद्र ३० बाट हुने, होम सेन्टरको व्यवस्था
भक्तपुर, भाद्र १६
यसअघि स्थगित भएको कक्षा १२ को परीक्षा यही भाद्र ३० गतेदेखी सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधवार बसेको बैठकले रोकिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन...
प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता खोजौं – सञ्चारसचिव अर्याल
काठमाण्डौं, भाद्र १५
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता कायम गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । सचिव अर्यालले आज (मंगलवार) प्रेस काउन्सिल नेपालको भ्रमण गर्दै काउन्सिलले सञ्चारमाध्यमको अनुगमन तथा...
समाजलाई आमुल परिवर्तन गर्न शिक्षामा जोड दिनुपर्छ – अध्यक्ष बिजुक्छें
भक्तपुर, भाद्र १५
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजलाई आमुल परिवर्तन गर्न शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मंगलबार भक्तपुर नगरपालिकाले आयोजना गरेको विचार गोष्ठीमा नेता बिजुक्छेंले हरेक विद्यालय...
किटनाशक विषादीको विकल्पमा जैविक विषादीको प्रयोग बढ्दो
लक्ष्मी गारु, भक्तपुर, भाद्र १५
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा विषादी प्रयोग गर्न छाड्नुभएको छ । उहाँले एग्रोभेटको सुझाव अनुसार भिटामिनको प्रयोग गरेपनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग...
चित्तपोल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्टे«टर सहयोग
भक्तपुर, भाद्र १०
सूर्यविनायक नगरपालिका–१० स्थित चित्तपोल स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्टे«टर सहयोग प्रदान गरिएको छ । शैक्षिक परामर्शको सेवा प्रदान गर्ने एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट एडुकेशन फाउण्डेशनले बुधवार सो सहयोग...
मृतकको आत्माको शान्तिको कामना गर्दै गाईजात्रा मनाईंदै
लक्ष्मी गारु, भक्तपुर, भाद्र ७
हाँस्य व्यंग्य र ख्याल ठट्टासहित दिवंगतहरुको आत्माको शान्तिको कामना गर्दै आज काठमाडौं उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिती रहेको मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ साँपारु (गाईजात्रा) पर्व मनाईंदैछ ।
साँपारु...
मध्यपुर थिमिको एक गेष्ट हाउसमा होक्स बम फेला
भक्तपुर, भाद्र ६
भक्तपुरको मध्यपुर थिमि–४ स्थित एक गेष्ट हाउसमा शनिवार राती होक्स बम फेला परेको छ । शिवशरण भुजुले सञ्चालन गरेको दिव्यश्वरी गेष्ट हाउसको पहिलो तलको कोठा नं. ४ मा सो होक्स बम फेला...
नेवार समुदाय गुन्हुपुन्ही, पहाडमा जनैपुर्णिमा र मधेशमा राखी मनाईंदैं
लक्ष्मी गारु, भक्तपुर, भाद्र ६
श्रावण शुक्ल पुर्णिमाको अवसरमा आज हर्षोल्लासका साथ नेवार समूदायले गुँपुन्ही, पहाडी समुदायले रक्षाबन्धन, जनैपुर्णिमा तथा ऋषितर्पणी र मधेसी समुदायले राखी पर्व धुमधामले मनाउँदैछ ।
आज तागाधारीले एकाबिहानै नजिकको नदि, तलाउ, कुवा,...