भक्तपुरमा एक लाख बालबालिकालाई टाईफाइडविरुद्धको खोप लगाईंदैं

भक्तपुर, चैत्र २५
राष्ट्रिय खोप अभियान अन्तर्गत भक्तपुरमा एक लाख बालबालिकालाई टाईफाइडविरुद्धको खोप लगाईंदैछ । अभियान अन्तर्गत एच.एम.आई.एस. अनुसार १५ महिना देखि ४ वर्ष सम्मका १३ हजार ५९६ र विद्यालयको तथ्यगत विवरणको आधारमा ५ देखि १५ वर्ष सम्मका ८६ हजार ९६४ गरी भक्तपुरमा कुल एक लाख ५६० जनालाई टाईफाइडविरुद्धको खोप दिन लागेको हो ।
खोप अभियानका लागि भक्तपुरमा २४२ खोप केन्द्र निर्धारण गरिएको छ । जसमा खोप दिने तालिम प्राप्त स्वाथ्यकर्मी ५०५ जना स्वयम् सेवक ७७५ जना परिचालन हुनेछ ।
भक्तपुरका चार नगरपालिका मध्ये भक्तपुर नगरपालिकामा २८ हजार २१४, चाँगुनारायण नगरपालिकामा १७ हजार ६३९, मध्यपुर थिमिमा २७ हजार ७३५ र सूर्यविनायकमा २६ हजार ९७२ लक्षित बालबालिका छन ।
त्यस्तै भक्तपुर नगरपालिकामा ४६, चाँगुनारायणमा ६१, मध्यपुर थिमिमा ६६ र सूर्यविनायकमा ६९ खोप केन्द्र निर्धारण गरिएको मिजारले बताउनुभयो ।
खोप अभियान चैत्र २५ गतेदेखी २०७९ बैशाख १८ गते सम्म सञ्चालन हुनेछ । भक्तपुरमा बैशाख पहिलो सातासम्म अभियान सम्पन्न गर्ने लक्ष्य लिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो ।
खोप लगाउँदा खोप लगाएको भागमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने, शरीरमा बिमिराहरू आउने, हात खुट्टा दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने र अत्यन्तै विरलै संख्यामा एनाफाइल्याक्सिस् प्रतिक्रिया हुन सक्ने मिजारले जानकारी दिनुभयो ।
एक तथ्यांक अनुसार नेपालमा टाइफाइड रोगको संक्रमण र जोखिमको उच्च दर रहेको छ । विगत ५ वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष करिब ४ लाख ५० हजार जनामा टाइफाइड संक्रमित हुने गरेको पाईन्छ । विगत ३ वर्षको तथ्याङ्क अनुसार पानी र खानेकुराबाट हुने संक्रामक रोगहरूमध्ये टाइफाइड तेस्रो सथानमा रहेको र अस्पताल भर्ना हुने विरामीहरू मध्ये चौथो कारण यहि रोग रहेको पाईन्छ ।
टाइफाइड विरुद्धको खोप प्रदान गरी यो रोगको संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनिकरण र्गका लागि अभियानमा १५ महिना देखि १५ वर्षमुनिका बालबालिकाहरु लाई १ मात्रा र नियमित खोप मार्पmत १५ महिनाको उमेरमा सवै वालबालिकाहरु लाई १ मात्रा खोप निरन्तर उपलब्ध गर्ने सरकारी नीति रहेको छ ।
अभियानको क्रममा २ बर्ष मुनिका बालबालिकाको नियमित खोपमा दादुरा–रुबेला खोपको दोश्रो मात्रा लगायत अन्य छुट खोपको पहिचान गर्ने, खोप अभियानपछि २ वर्ष मुनिका बालबालिकाहरूको छुट खोप प्र्रदान गरी पूर्ण खोप सुनिश्चितता र दिगोपनाको भएको एकिन गर्ने, नियमित खोप कार्यक्रम मार्पmत एकीकृत रुपमा सरसफाइ प्रवद्र्धन कार्यक्रम निरन्तर संचालन गर्ने उद्देश्य समेत रहेको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिनुभयो ।