सार्वजनिक बसका छुटेको अमेरिकी डलरसहितको झोला सम्बन्धीत धनीलाई बुझाईयो
भक्तपुर, मंसिर २०
भक्तपुर प्रहरीले सार्वजनिक बसभित्र छुटेको अमेरिकी डलरसहितको सामान फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । काठमाण्डौं महानगरपालिका ३२ बस्ने जयप्रसाद पराजुलीको अमेरिकी डलरसहितको सामान भएको झोला मध्यपुर थिमि ३ कौशलटारबाट काठमाण्डौं तिनकुने...
उत्कृष्ट ३ महिला स्वास्थ्य स्वयम्सेविका पुरस्कृत
भक्तपुर, मंसिर १९
भक्तपुर नगरपालिकाले सोमवार उत्कृष्ट तीन जना महिला स्वास्थ्य स्वयम्सेविकालाई नगदसहित पुरस्कृत गरेको छ । १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस २०७९ को अवसरमा नगरपालिकाले ती महिला स्वास्थ्य स्वयम्सेविकालाई पुरस्कृत गरेको...
गोकुल बास्कोटाको घरको बाहिरी कम्पाउण्ड पर्खालमा शंकास्पद वस्तु फेला
भक्तपुर, मंसिर १८
भक्तपुरको मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीस्थित मनोहरा जग्गा एकिकरण आयोजना क्षेत्रको मनोरम पार्क नजिक आज (आइतवार) बिहान शंकास्पद वस्तु फेला परेको छ । नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवम् काभ्रेपलाञ्चोक क्षेत्र नं....
शिक्षालयलाई राजनीतिमुक्त बनाउन हुँदैन – प्रदेश सभा सदस्य गोसाईं
भक्तपुर, मंसिर १८
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित बागमति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले शिक्षालयलाई राजनीतिमुक्त बनाउन नहुने बताउनुभएको छ । भक्तपुरको भेलुखेलस्थित आदर्श आजाद कलेजको शनिवार सम्पन्न आठौं वार्षिक साधारणसभामा गोसाईंले...
भोलाछेँ पोखरीको पर्खाल निर्माण कार्यको सार्वजनिक परीक्षण सम्पन्न
भक्तपुर, मंसिर १८
भक्तपुर नगरपालिका वडा नं. ६ भोलाछेँस्थित भोलाछेँ पोखरीको पर्खाल निर्माण कार्यको सार्वजनिक परीक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भोलाछेँ पोखरी भक्तपुरको हेर्नलायक एक आकर्षक पोखरी...
अपाङ्गता दिवसको अवसरमा स्वास्थ्य शिविर तथा प्रतिभा प्रस्तुतीकरण
भक्तपुर, मंसिर १८
भक्तपुर नगरपालिकाले ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा शनिवार स्वास्थ्य शिविर तथा प्रतिभा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ । ख्वप कलेज डेकोचामा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्तिगत रुपमा फरक...
बाैद्ध निबन्ध प्रतियोगितामा पुष्प रत्न प्रथम
सुनीता तुलाधर, काठमाण्डौं, मंसिर १८
लुम्बिनी नेप्लिज् बुद्धधर्म सोसाइटी, युके र युवक बौद्ध समूह काठमाण्डौले संयुक्त रुपमा आयोजना गरेको ‘मानसिक स्वास्थ्यको लागि बुद्ध शिक्षा’ विषयक निबन्ध प्रतियोगिताका विजयीहरुलाई शनिवार काठमाण्डौको भृकुटीमण्डपस्थित बुद्ध विहारमा आयोजित कार्यक्रममा...
घरको चौंथो तलाबाट खसेर किशोरको मृत्यु
भक्तपुर, मंसिर १६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ६ मिलरोडमा बिहिवार साँझ घरको चौंथो तलाबाट खसेर एक किशोरको मृत्यु भएको छ । स्थानीय भुवन श्रेष्ठको साढे चार तल्ले पक्की घरको चौंथो तलाबाट खसेर उनका...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई विपद् व्यवस्थापन तालिम
भक्तपुर, मंसिर १४
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई विपद् जोखिम व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । दुई दिन सञ्चालन हुने तालिम आज (बुधवार) शुरु भएको हो ।
तालिमको पहिलो दिन प्राविधिक सेसन सञ्चालन गरिएको थियो...
घलातेस्थित सुवाल ईन्टरनेशनल कलेजमा तोडफोड
भक्तपुर, मंसिर १३
भक्तपुरको घलातेस्थित सुवाल ईन्टरनेशनल कलेजले अवैधानिकरुपमा विभिन्न प्राविधिक र अप्राविधिक शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना गरी पठनपाठन गरेको र विद्यार्थीहरुसँग गैरकानुनीरुपमा शुल्क उठाई करोडौं ठगी गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन...