भक्तपुर नगरभित्रका नेवार समूदायले मंगलवार चथाः पर्व मनाए
भक्तपुर, भाद्र १५
भक्तपुर नगरभित्रका नेवार समूदायले मंगलवार साँझ चथाः पर्व मनाएका छन । भाद्र शुक्ल चतुर्थीका दिन मनाईने गणेश चतुर्थीको अवसरमा नेवार समूदायले चथाः पर्व मनाउँदैं आएका छन । पञ्चांग निर्णायक समितिको पात्रो अनुसार...
मध्यपुर थिमि नगरभित्रको मौलिक नाम प्रतिष्थापनका लागि समिति गठन
भक्तपुर, भाद्र १४
मध्यपुर थिमि नगरपालिकाले स्थानीय बस्ती, चोक, स्थान, सडक, टोल र गल्लीहरुको मौलिक नामलाई पुनर्जिवित गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले एक समिति समेत गठन गरेको छ ।
नगरपालिका क्षेत्रभित्र तिव्र गतिमा बढेको...
अतिक्रमित संरचना ३५ दिनभित्र हटाउन मध्यपुर थिमि नगरपालिकाको निर्देशन
भक्तपुर, भाद्र १४
मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक सडक अतिक्रमण हुने गरी बनाएका संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । नगरपालिकाले मंगलवार सार्वजनिक सूचना प्रकाशन गरी सडक अतिक्रमण हुने गरी बनाएका संरचनाहरु ३५ दिनभित्र हटाउन...
झलमल्ल हुन थाल्यो अरनिको राजमार्ग
भक्तपुर, भाद्र १४
अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं. १ मनोहरा पुलदेखी राधेराधेस्थित हनुमन्ते पुलसम्मको खण्डमा सडक बत्ति बल्न थालेको छ । सडक बिस्तारसँगै राखिएका सडक बत्ति नबल्दा दिनहुँ जसो दुर्घटना हुनुका साथै...
रोमानिया पठाईदिन्छु भनी १७ लाख ७५ हजार ठगी गरेको आरोपमा एक युवती पक्राउ
भक्तपुर, भाद्र १३
वर्किङ भिषामा युरोपेली मुलुक रोमानिया पठाइ दिन्छु भनी रकम ठगी गर्ने एक युवतीलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. ४...
भक्तपुरमा मिटर व्याजी विरुद्ध चार उजुरी
भक्तपुर, भाद्र १३
भक्तपुरमा मिटर व्याजी विरुद्ध चार उजुरी परेको छ । गृह मन्त्रालयको सूचना अनुसार भक्तपुरका चार मिटर व्याज पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो ।
पछिल्लो समय तराईका केही जिल्लाका साहुकारहरुको चर्को व्याजबाट...
मध्यपुर थिमिमा एकै दिन तीन वटा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा
भक्तपुर, भाद्र १३
मध्यपुर थिमि नगरपालिकाले सोमवार एकै दिन तीन वटा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको सय दिन पुगेको अवसरमा ९ वटा वडामध्ये हेल्थ पोष्ट नभएका वडा...
फ्रान्समा सम्पन्न ट्रेल रनमा नेपालकी सुनमाया दोस्रो भइन
भक्तपुर, भाद्र ११
नेपालकी सुनमाया बुढा फ्रान्समा सम्पन्न यूटीएमबी सय किलोमिटर रेसमा दा्स्रो भएकी छिन । द नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धामा उत्रिएकी सुनमाया निर्धारित दुरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरी दोस्रो...
नेपाल बक्सिङ संघले अन्तराष्ट्रिय बक्सिङ डे मनायो
भक्तपुर, भाद्र ११
नेपाल बक्सिङ संघले बक्सिङ खेलको विकास र बिस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै शनिवार अन्तराष्ट्रिय बक्सिङ डे मनाएको छ ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्तमान कार्यसमितिले राम्रो काम गर्न सफल...
साग स्वर्णधारी सन्तोषीसहितका खेलाडी सम्मानित
भक्तपुर, भाद्र ११
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छिन् । प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं...