कागज उद्योगमा आगलागी, १५ लाखको क्षती

भक्तपुर, माघ १
मध्यपुर थिमि ९, बोडेस्थित मुलपानी जाने आरालो नजिक नवदुर्गा पेपर फ्याक्ट्री (अण्डाको क्रेट बनाउने उद्योग)मा आगलागी हुँदा १५ लाख रुपैंया बराबरको क्षती भएको छ । सो उद्योगमा शनिवार राती करेन्ट सट भई आगलागी भएको हो ।
आगलागीबाट करिव ३ लाख रुपैंया बराबरको अण्डाको क्रेट बनाउने कागज र करिव १२ लाख रुपैंया पर्ने जेनेरेटर जलेर नष्ट भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
उद्योग भक्तपुर नगरपालिका वडा नं. ४ घर भई हाल कटुञ्जे बस्ने ४० वर्षिय राकेश सुवालले सञ्चालन गरेको हो । करेन्ट सट भई राती सवा सात बजे आगलागी भएकोमा प्रहरी, दमकल र स्थानियहरुको सहयोगमा करिव पौने आठ बजे आगो पुर्णरुपमा नियन्त्रणमा लिएको प्रनाउ पाण्डेले बताउनुभयो । घटनाको प्रहरी वृत्त थिमिबाट आवश्यक अनुसन्धान भइरहेको छ ।