नेपालमा थप ५,९०४ जना कोरोना मुक्त, ७५ जनाको मृत्यु
भक्तपुर, जेठ २०
नेपालमा विगत २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २१ हजार ७७३ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार जनाएको...
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा सर्ने
भक्तपुर, जेठ २०
भक्तपुरको दुधपाटीमा सञ्चालन भइरहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र चाँगुनारायण नगरपालिका–३ झौखेलमा स्थानान्तरण हुने भएको छ । दुधपाटीमा सेवा बिस्तारको लागि स्थान अभाव झेलीरहेको केन्द्र लामो समयको खिचातानीपछि झौखेलमा सर्ने पक्का भएको...
काठमाण्डौंमा मेलम्चीको पानी वितरण दुई महिना बन्द हुने
भक्तपुर, जेठ २०
काठमाण्डौंमा मेलम्चीको पानी वितरण दुई महिना बन्द हुने भएको छ । मेलम्ची आयोजनाको सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न आगामी असार १ गतेदेखी दुई महिना उपत्यकामा मेलम्चीको पानी वितरण बन्द गर्न लागेको...
भक्तपुरमा कोरोना संक्रमित २० हजार नाघ्यो
भक्तपुर, जेठ २०
भक्तपुरका कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । २०७७ बैशाख ३० गते पहिलो पटक कोरोना संक्रमण देखिएको भक्तपुरमा बुधवार १५६ जना थपिएसँगै यहाँ कोरोना संक्रमितको संख्या २० हजार १४६ पुगेको हो...
थाई राजपरिवारबाट स्वास्थ्य सामग्री सहयोग
भक्तपुर, जेठ २०, सुनिता तुलाधर
थाइल्याण्डको राजपरिवारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । थाई रोयल एडका रूपमा ती स्वास्थ्य सामग्रीहरू काेराेनाकाे कहर भाेगीरहेकाे नेपाललाई सहयोग गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र नेपाली...
ख्वप अस्पताललाई थप ४४ लाख ७५ हजार सहयोग
भक्तपुर, जेठ १९
ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि बुधवार थप ४४ लाख ७५ हजार रुपैंया आर्थिक सहयोग जुटेको छ । यससँगै सहयोग रकम ४ करोड ५ लाख ८७ हजार...
निषेधाज्ञा एक साता थपियो, किराना पसल बिहान ९ बजेसम्म खोल्न पाईने
भक्तपुर, जेठ १९
काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा केही खुुकुलो बनाई एक साता लम्ब्याएको छ । उपत्यकाका काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो ।
गत...
जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने
भक्तपुर, जेठ १९
चीनबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको खोप यही जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सो जानकारी...
चीनको सिनोभ्याक खोपलाई आपत्कालीन प्रयोगको डब्लुएचओको अनुमति
भक्तपुर, जेठ १९
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो । अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले...
नेपाल–कोरिया अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
भक्तपुर – नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालित विभिन्न सहकारी संस्थाहरुले ४ लाख ५९ हजार ९ सय ५० रुपैंया बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । नगरभित्र सञ्चालित बाबा वचत...