ट्याटु खोप्न पालो कुरेर बस्दा बेहोश भएका युवकको मृत्यु

भक्तपुर, पुस २९
भक्तपुरमा ट्याटु खोप्न पालो कुरेर बसेका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । जिल्लाको मध्यपुर थिमि–१, लोहकिल्थली मनोहरास्थित आँखा अस्पताल नजिक रहेको आइएनके ट्याटु हाउसमा ट्याटु खोपाउन आएका काठमाण्डौं कोटेश्वर बस्ने ३३ वर्षिय विराज खड्काको अचानक बेहोस भएर मृत्यु भएको हो ।
ट्याटु खोप्न पालो कुरेर बसेका खड्का बुधवार दिउँसो अचानक बेहोश भएपछि उनलाई ट्याटु हाउसका सञ्चालक आरुष मल्ल र आफन्त समेत भई उपचारका लागि केएमसी अस्पताल सिनांमंगल लगेको थियो । त्यही उपचारका क्रममा बिहिवार मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।