प्रेस चौतारी भक्तपुरको अध्यक्षमा हेमराज

भक्तपुर, पुस २९
प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा हेमराज ढकाल ‘सुमन’ सर्वसम्वत चयन भएका छन् । चौतारीको बिहिबार सम्पन्न चौंथौं अधिवेशनले ढकालको नेतृत्वमा १३ सदस्य रहेको जिल्ला शाखा गठन भएको हो ।
अधिवेशनले शाखाको उपाध्यक्षमा ऋषिकेश श्रेष्ठ, मिना घोरासाईने, सचिवमा आशिष पौडेल, सहसचिवमा राजकुमार लामिछाने र विपना मुसिख्वाल, कोषाध्यक्षमा नारायण थापा सर्वसम्वत चयन गरेका छन ।
त्यसगरी सदस्यहरुमा सविना केसी, देबेन्द्र प्रजापति, सिर्जना खतिवडा, प्रतिकराज कार्की रहेका छन् भने दुई सदस्यपछि थप हुने नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिनुभयो ।