बालकोट चोकमा शुभ बिहानी पोलिक्लिनिकको सेवा शुरु

भक्तपुर, माघ ३
सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट चोकमा सुविधासम्पन्न शुभ बिहानी पोलिक्लिनिक एण्ड फार्मेसी सञ्चालनमा आएको छ । मध्यपुर थिमि–३ गठ्ठाघरस्थित बिहानी वचत तथा ऋण सहकारी संस्थाले सञ्चालनका ल्याएको उक्त पोलिक्लिनिकमा एक्स रे, भिडियो एक्स रे, ईसीजी, इको, होलबडी जाँच, ल्याव लगायतका सेवा रहेको सञ्चालन सन्तोष बोगतीले जानकारी दिनुभयो ।
उहाँले सेवा शुभारम्भको अवसरमा एक महिनासम्म सेवाग्राहीलाई एक्स रे, इको, ईसीजी र भिडियो एक्स रेमा १० प्रतिशत र ल्यावमा २५ प्रतिशतसम्म छुटको व्यवस्था भएको जानकारी दिँदैं होलबडी जाँच ३ हजार ५ सयमा गर्ने व्यवस्था गरिएको बताउनुभयो ।
पोलिक्लिनकको सेवा शुभारम्भ गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको दावी गर्दै क्लिनिकले सस्तोमा गुणस्तरिय स्वास्थ्य ेिवा प्रदान गर्नुमा जोड दिनुभयो । उहाँले स्वास्थ्य जस्तो विषयमा कसैले व्यापार गर्न नहुने बताउँदैं स्वास्थ्यलाई नाफामुखी भन्दा सेवामुखी बनाउन आग्रह गर्नुभयो ।
उहाँले राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीहरुको समेत सहकार्यले नगरपालिकामा विकास निर्माणको कार्यले गति लिएको बताउँदैं पाँच वर्ष अवधी सकिनै लाग्दा नगरपालिकामा कुनै विवाद नभएको दावी गर्नुभयो ।

एको छ । सूर्यविनायक नगरपालिका वडा नं. २ को बालकोट चोकमा सोमवार शुभ बिहानी पोलिक्लिनीक तथा फार्मेसीको सेवा शुभारम्भ गर्दै नगरप्रमुख थापाले
उहाँले पाँच वर्षे कार्यकालमा १० औं नगरसभासम्म आइपुग्दा कुनै विवाद नभएको र हरेक प्रस्ताव सर्वसम्मतले पारित भएको बताउनुभयो । नगरपालिकाले ऐन नियम संगत ढंगले सञ्चालन गर्न पाँच वर्षको अवधीमा करिव ५ दर्जन ऐन नियम निर्देशिका र कार्यविधि निर्माण गरेको जानकारी दिँदैं थापाले आगामी निर्वाचनमार्फत जुनसुकै दलको जो सुकै व्यक्ति निर्वाचित भई आउँदा पनि नगरपालिका सञ्चालनमा सहज हुने अवस्था सिर्जना गरेको दावी गर्नुभयो ।
निर्वाचन नजिकै आउँदैछ । अबको निर्वाचनमा जनतालाई जसलाई जिम्मेवारी दिएर पठाएपनि नीति नियमभित्र रहेर नगरपालिका सञ्चालन गर्ने वातावरण तयार गरेको छु, उहाँले भन्नुभयो ।
कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष कमलनाथ आचार्यले पोलिक्लिनीकको स्थापनाले बालकोटमा जनता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा क्लिनीकका सञ्चालक
क्लिनिकमा एक्सरे, ईसीजी, इको, होलबढी जाँच, ल्याव सेवा रहेको सञ्चालन सन्तोषले जानकारी दिनुभयो ।