भक्तपुरको ईन्द्रदहमा भक्तजनको घुइँचो
भक्तपुर, असोज १२
भाद्र शुल्क पुर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल ईन्द्रदह(सिद्धपोखरी)मा बिहानैदेखी दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष ईन्द्रजात्राका भोलिपल्ट यहा“ ठूलो मेला लाग्ने गर्दछ ।
ईन्द्रजात्राको दिन राती खौमास्थित ईन्द्रायणी देवीलाई विभिन्न बाजागाजा सहित...
मध्यपुर थिमि नगरपालिकामा आ.व.२०७९÷०८० को वार्षिक प्रगती समिक्षा
भक्तपुर, असोज ११
मध्यपुर थिमि नगरपालिकाले बिहिवार आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम, बजेट, कार्य योजना र सेवा प्रवाहको बारेमा वार्षिक प्रगतीको समिक्षा गरेको छ । नगरपालिकाले सोही अवसरमा नगरसभाबाट पारित आर्थिक वर्ष...
छोरीको घर ज्येष्ठ नागरिक आश्रम ताथलीमा श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८०...
भक्तपुर, असोज ११
भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रममा बिहिवारदेखी श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० प्रारम्भ भएको छ । आश्रमको सहयोगार्थ आर्थिक संकलन गर्ने उद्देश्यले सञ्चालित महायज्ञ असोज...
भक्तपुर नगरका साँस्कृतिक गुरुहरु सम्मानीत
भक्तपुर, असोज १०
भक्तपुर नगरपालिकाले यसवर्षको सापारु (गाईजात्रा)मा प्रदर्शन गरिएका मौलिक र परम्परागत प्याखँ (नाच) प्रतियोगितामा विजयी समूहलाई बुधवार पुरस्कृत गरेको छ । विश्व पर्यटनको दिवसका अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाले साँस्कृतिक गुरुहरुलाई समेत सम्मान गरेको...
भक्तपुर प्रवेश गर्ने पर्यटकलाई भादगाउँले टोपीले स्वागत
भक्तपुर, असोज १०
विश्व पर्यटन दिवसको अवसरमा बुधवार भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाले भाँदगाउँले टोपीले स्वागत गरेको छ । नगरपालिकाले नगर प्रवेश गर्ने खौमा ध्वाका (ढोका)मा एक अष्ट्रेलियन र १६ भारतिय नागरिकलाई खाँदा,...
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान शुरु
भक्तपुर, असोज ९
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मंगलवारबाट सिटी स्क्यान सञ्चालनमा आएको छ । भारतबाट आएका प्राविधिकहरुले सिटी स्क्यान सञ्चालनका लागि आवश्यक प्राविधिक सेटिङ सम्पन्न गरेपछि मेसिन सञ्चालनमा आएको हो...
शान्ति सुरक्षा, सुशासन, पारदर्शीता र अपराध नियन्त्रण प्रमुख प्राथमिकता–प्रजिअ श्रेष्ठ
भक्तपुर, असोज ९
भक्तपुरको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रोशनीकुमारी श्रेष्ठले शान्ति सुरक्षा, सुशासन, पारदर्शीता र अपराध नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघमार्फत सोमवार भक्तपुरका क्रियाशिल पत्रकारहरुसँगको भेटघाट एवम् परिचयात्मक कार्यक्रममा...
विश्व मुटु दिवसको अवसरमा मध्यपुर थिमिमा सम्पदा पदयात्रा हुने
भक्तपुर, असोज ९
विश्व मुटु दिवसको अवसरमा यही असोज १३ गते शनिवार मध्यपुर थिमिमा सम्पदा पदयात्रा–२०२३ हुने भएको छ । लाइन्स इन्टरनेशनल डिष्ट्रिक एच अन्तर्गतका ५ वटा क्लवहरु लाइन्स क्लव अफ भक्तपुर मेरिगोल्ड, चाँगुनारायण, बालकोट,...
बक्सिङमा संगीता, दिपक र मिनु पराजित
भक्तपुर, असोज ७
चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको बक्सिङमा आइतवार नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठले पराजय भोगेका छन् । संगीता भियतनामकी खेलाडी हा थि लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन् ।
हाङजाओ...
प्रदिपको विजयी सुरुआत
भक्तपुर, असोज ७
चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदिप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेको छ । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदिपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–०...