नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ५ जना पक्राउ

भक्तपुर, माघ २८
नक्कली सुन देखाई ठगी गरेको अभियोगमा भक्तपुर प्रहरीले ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर बोडे बस्ने ३८ वर्षिय छुल्टीम लामा, ३३ वर्षिय राजेन्द्र तामाङ, २७ वर्षिय चिन बहादुर लामा, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–८ बस्ने ४८ वर्षिय जित बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–५ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने ३१ वर्षिय मिलन भन्ने दावा दुण्डुप तामाङ रहेका छन ।
प्रहरीले उनीहरुको साथबाट नगद करिव ३ लाख रुपैंयार विभिन्न ब्राण्डका मोवाइल सेटहरु बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउनुभयो ।
प्रहरीका अनुसार उनीहरुले गत माघ १७ गते रामेछाप दोरम्बा गाँउपालिका–४ घर भई हाल मध्यपुर थिमि कोरियन अस्पताल नजिकै बस्ने २४ वर्षिया विनिता थापा मगरलाई फोन गरी एक किलो सुन छ लगानी गर्नुप¥यो र बेचेर भागबण्डा गरौला नाफा हुन्छ भनि सुन जस्तो बस्तु देखाई प्रलोभनमा पारी विभिन्न मितिमा ७ लाख ७५ हजार रुपैंया लिएर फरार भएका थिए ।
पिडितको जाहेरी पछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरुलाई माघ २६ र २७ गते थिमिको बोडेबाट पक्राउ गरिएको प्रनाउ पाठकले बताउनुभयो ।
उनीहरुलार्ई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।