भक्तपुरमा आज विकास प्रहरको गजल गुञ्जने

भक्तपुर, माघ २८
भक्तपुरमा आज (आइतवार) गजल गुञ्जने भएको छ । गजलकार एवं पत्रकार विकास थापा(प्रहर)को एकल गजल साँझ मार्फत भक्तपुरको दुवाकोटस्थित सिटी बैंक्वेटमा गजल गुञ्जन लागेको हो । प्रहरलाई गजलकार एवम् गायक तथा संगीतकार राज सागरले साथ दिँदैं हुनुहुन्छ ।
लामो समय देखि गजल लेखन तथा सिकाइमा जुट्दै आउनुभएका प्रहरले गजललाई श्रोतामाझ थप परिचित गराउन र गजलको विकास गर्ने लक्ष्यका साथ गजल साँझ गर्न लागिएको बताउनुभयो ।
भक्तपुर तथा काभ्रेपलाञ्चोकमा समेत गजल साँझ आयोजना गरिसक्नुभएका प्रहरले गजल साँझबाट संकलन भएको रकम विभिन्न व्यक्तिहरुलाई सहयोग गर्दै आउनुभएको छ ।
गजल साँझको आयोजक त्रिपुरा न्यूज साप्ताहिक रहेको छ भने गजल साँझलाई चाँगुनारायण नगरपालिकाले सहकार्य गरेको छ । यस्तै सहयोगी संस्थामा डिजिटल प्रिन्ट लिंक भक्तपुर, नेपाल ईञ्जिनियरिङ कलेज दुवाकोट, भक्तपुर अस्पताल, मध्यपुर अस्पताल, रोम्बस सेकेण्डरी स्कुललगायतका छन ।