मध्यपुर थिमि नगरपालिका वडा लिग – वडा नं. ५ र ६ बीचको खेल गोलरहित बराबरी

भक्तपुर, फागुन ३
दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता २०८० मा वडा नं. ५ र ६ ले गोलरहित बराबरी खेलेको छ । सानोथिमिस्थित खेल मैदानमा जारी लिगमा बुधवार सम्पन्न खेलमा दुवै टीमले गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएको हो ।
दुवै टोलीले केही अवसर पाएपनि गोल गर्न नसक्दा अंक बाँडेका हुन । खेलमा वडा नं. ५ ले वडा नं. ६ लाई केही दवाबमा राखेपनि फिनिसिङ कमजोर हुँदा अंक बाड्न बाध्य भएको हो ।


मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा जारी लिगमा साविक विजेता वडा नं. ९ शिर्ष स्थानमा रहेको छ । लिगको पहिलो खेलमा वडा नं. ४ लाई पराजित गरेको वडा नं. ९ को ३ अंक रहेको छ । लिगका अन्य खेल बराबरीमा टुंिगएकोले वडा नं. १, २, ३, ५, ६ र ८ को समान एक÷एक अंक रहेको छ ।
वडा नं. ७ ले भने आफ्नो पहिलो आज (बिहिवार) वडा नं. ४ सँग दिउँसो साढे १२ बजे खेल्दैछ । यसैगरी दिनको दोस्रो खेलमा दिउँसो साढे ३ बजे वडा नंं ३ र ९ बीच प्रतिष्पर्धा हुँदैंछ ।