अध्यक्ष प्रजापतिलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश
भक्तपुर, असोज २६
सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदबाट नहटाउन परमादेश जारी गरेको छ । अध्यक्ष प्रजापतिले महासंघ केन्द्रीय समिति, अध्यक्ष विपुल पोखरेल, जिल्ला कार्यसमिति र जिल्ला उपाध्यक्ष सुन्दर शिल्पकार विरुद्ध...
शाक्यसिंह विहार, ललितपुरमा कथिन चीवर दान सम्पन्न (फाेटाे फिचर)
ललितपुर, असाेज २६ गते ।
नेपालका आठाैं संघनायक भिक्षु बाेधिसेन महास्थविर, उपसंघनायक भिक्षु गुणघाेष महास्थविरका समपुस्थितिमा ललितपुर, थैनास्थित श्री शाक्यसिंह विहारमा आज कथिनचीवर दान सम्पन्न भएकाे छ ।
(तस्वीरहरू - जितेन्द्र राज शिल्पकार, नेपाल फाइभ)
यसवर्षको पहिलो कथिन चीवर दान सुनागुथिस्थित बौद्धजन विहारमा सम्पन्न
सुनिता तुलाधर, ललितपुर, असोज २४ ।
यसवर्षको प्रथम कथिन चीवर दान ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा आज सम्पन्न भएको छ । भिक्षु धर्मगुप्त महास्थविरले उक्त विहारमा विनयपूर्वक ३ महिना वर्षावास पुरा गर्नुभएको उपलक्ष्यमा सो कथिन चीवरको...
भक्तपुरमा तलेजुको पायःद्यो र सेतो घोडा जात्रा सम्पन्न
भक्तपुर, असोज १९
विजयादशमीको मध्यरातको समयमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग) जात्रा गएराति सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात्त रुप मानिने पायःद्यो (खड्ग देवता)लाई रातो कपडाले बेह्एिर युद्ध कवच पहि¥याई जात्रा मनाइने गरिन्छ ।
विजयादशमीको...
मध्यपुर थिमिमा आज मल्लकालिन युद्धको झल्को दिने खाँ पिहाँवईगु जात्रा
भक्तपुर, असोज २०
बडादशैंको एघारौं दिन पापाङ्कुशा एकादशीको अवसरमा आज (बिहिवार) मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी खाँ पिहाँवईगु (खाँ निस्कने) जात्रा हुँदैछ । तत्कालिन राजदरवारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग,...
मोहनी नखाःको दशौं दिन नेवार समुदायमा चालँ
भक्तपुर, असोज १८
मोहनी नखाःको दशौं दिन नेवार समूदायले आज चालँ मनाउँदैछन । यस दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादका रूपमा असत्यमाथी सत्यको विजयको प्रतिक रातो टिका, समृद्धिको प्रतीक जमरा र रातो कोखा लगाईन्छ ।...
साँस्कृतिक गुरुहरुलाई भक्तपुर नगरपालिकाको सम्मान
भक्तपुर, असोज १२
भक्तपुर नगरपालिकाले बुधवार २२ जना साँस्कृतिक गुरुहरुलाई सम्मान गरेको छ । ४३ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक नाचका विजेताहरुलाई पुरस्कार तथा...
जबरजस्ती करणी गरेको अभियोगमा ४९ वर्षिय चन्द पक्राउ
भक्तपुर, असोज १२
जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बैतडी सिगास गाउँपालिका वडा नं. ५ घर भई हाल मध्यपुर थिमि वडा नंं ९ बोडे बस्ने ४९ वर्षिय टेक बहादुर चन्दलाई बुधवार पक्राउ गरेको छ ।
उनलाई आफ्नै...
ब्रम्हायणीमा भक्तजनको ठूलो घुईंचो
भक्तपुर, असोज १०
बडादशैंको पहिलो दिन आज भक्तपुरको ब्रम्हायणीमा भक्तजनको ठूलो घुईंचो लागेको छ । भक्तपुरमा बडादशैंको घटस्थापनाको दिनदेखी शुरु हुने नवरात्रको पहिलो दिन ब्रम्हायणीमा स्नान गरी ब्रम्हायणी देवीको दर्शन गर्ने र सोही खोलाको बालुवा...
नेपालीहरुको प्रमुख चाड बडादशैं आजबाट शुरु
भक्तपुर, असोज १०
नेपालीहरुको प्रमुख चाड बडादशैं आजबाट शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गर्नुका साथै...