भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु

भक्तपुर, फागुन २१
वागमती प्रदेशमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शनिवारबाट शुरु भएको छ । विपन्न नागरिक र लोपोन्मुख समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन यो कार्यक्रम लागु गरिएको हो । साथै नसर्ने रोग पहिचानका लागि निःशुल्क परीक्षण, परामर्श र व्यवस्थापन सम्बन्धी सेवा समेत उपलब्ध हुनेछ ।
क्यान्सर, मुटु, कलेजो, मिर्गौला लगायत नसर्ने रोगको जोखिमबाट मानिसलाई बचाउन मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम लाभदायक हुने भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले बताउनुभयो ।
“यसमा सहभागी हुन नसर्ने रोग लागेको यकिन नभएका ३० वर्षका प्रदेश भित्र बसोबास गर्ने प्रदेशाबासी हुनुपर्छ,” डा. गौतमले भन्नुभयो, “वडा वा स्वास्थ्य कार्यालयको सिफारिसका आधारमा अथवा आफू विपन्न भएको स्वघोषणा गरी अस्पातल आएका प्रदेशाबासी नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराईनेछ ।”
डा. गौतमले क्यान्सर, मुटु, मृगौला, स्नायुलगायत नसर्ने रोग लागेको पाइएमा थप उपचारका लागि भक्तपुर अस्पतालको सिफारिसमा वागमती प्रदेश सरकारले आर्थिक सहायता स्वरुप १ लाख रुपैया सम्म उपलब्ध गराउने जानकारी दिनुभयो ।
नसर्ने रोग पहिचान, परामर्श र ब्यवस्थापनका लागि प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ४ अर्ब ९८ करोड २३ लाख रुपैया खर्च गर्ने लक्ष्य लिएको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिनुभयो । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तरगत विपन्न नागरिकलाई उपचार गर्न सहयोग पुर्याउने उद्देश्य सहित १२ करोड ५० लाख र निःशुल्क दिइने औषधी तथा उपकरण खरिद्का लागि १६ करोड १७ लाख रुपैंयाँ विनियोजन गरिएको उहाँले बताउनुभयो ।
ढकालले भक्तपुर अस्पतालाई सुबिधा सम्पन्न बनाउने योजनाहरु बनाउन आग्रह गर्दै त्यसका लागि बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाउनुभयो । भक्तपुरको स्वास्थ्य सेवाको अवस्थालाई थप सुदृढ गर्न अस्पतालहरुलाई स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाएर अघि बढ्नुपर्ने आवश्यकता समेत उहाँले औंल्याउनुभयो ।


भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरुवात गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेश सरकारले निःशुल्क स्वास्थ्य बिमाको नीति अगाडि सारेको बताउनुभयो ।
उहाँले चिकित्सकको असल व्यवहारले बिरामीको आधा रोग निको हुने र आत्मबल बढ्ने बताउँदैं स्वास्थ्य नीति बनाएर व्यवस्थित ढंगले अगाडि बढ्न सके जस्तोसुकै विपद र महामारीमा सजिलै काम गर्न मद्दत पुग्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सिंगो देशकै लागि गौरवको योजना भएको बताउँदै उहाँले प्रदेश सरकारले हाल दुई शैयाको प्यालिएटिभ केयरको सेवा पाँच शैयामा विस्तार गर्दै आगामी दिनमा प्रदेशको १३ वटै जिल्लामा बिस्तार गर्दै लाने लक्ष्य रहेको बताउनुभयो । चिकित्सकहरुले आफ्नो बढुवाको निम्ति मात्र विकट जिल्लाहरुमा जाने मानसिकता त्याग्न जरुरी रहेको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले संघीयताका कारण भक्तपुर अस्पतालले काचुली फेरेको बताउनुभयो । देशकै दोश्रो जेठो अस्पताल भएर पनि भक्तपुर अस्पतालमा ११७ वर्षपछि मात्र आइसीयु एचडीयु लगायत सुबिधा प्राप्त भएको भन्दै उहाँले रिफर सेन्टरको रुपमा बद्नाम अस्पताल संघीयता र अस्पतालको नेतृत्वका कारण आज प्रदेशकै उत्कृष्ट बन्न सकेको बताउनुभयो । उहाँले भक्तपुर अस्पतालको विकासका लागि महासंघले आवश्यक सहयोग र खबरदारी गरिरहने प्रतिवद्धता जनाउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायष्ठले अस्पताल विकास बाहेक आफ्नो कुनै निजी स्वार्थ नरहेकोले अस्पताल परिवारलाई एकाताबद्ध गरी थप विकासको उचाइमा पुर्याउने प्रतिवद्धता जनाउनुभयो । अस्पताल सबैको साझा सम्पति भएकाले तीनै तहका सरकारका साथै स्थानीय जनसमुदायको आवश्यक सहयोग र प्रेरणा प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु किरण थापामगर, सुरेश श्रेष्ठ, डा राजेन्द्रमान श्रेष्ठ, सकुन्तला श्रेष्ठ राजभन्डारी, देवेन्द्र श्रेष्ठ दिवाकर, भुवन केशरी श्रेष्ठ भावना र धनेश्वरी प्रजापति त्यसैगरी भक्तपुर अस्पतालका नगर प्रमुख सुनिल प्रजापति, भक्तपुर सिडिओ खगेन्द्रप्रसाद रिजाल, प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख चन्देश्वर श्रेष्ठ, शसस्त्र प्रहरी बलका डिएसपी यदु कार्की र भक्तपुर नगरपालिका वडा नं. १ वडाध्यक्ष श्याम कृष्ण खत्री लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा अस्पतालको बारेमा निष्पक्ष रहेका निरन्तर समाचारमार्फत सहयोग र खबरदारी गर्दै अस्पतालको विकासमा सहयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव समेत रहेका भक्तपुर पोस्टका सम्पादक संजीप घिमिरे शुभचिन्तक महासंघ भक्तपुरका सल्लाहकारद्वय राससकर्मी रमेश गिरी र नेपाल समाचार पत्रका सम्वाददाता पुष्करराज बुढाथोकी, मजदुर दैनिकका सम्पादक प्रकाश श्रेष्ठ र कैलाश खबरका सम्पादक विनोद विकलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
यस्तै अस्पतालका मेसु डा. सुमित्रा गौतम, अस्पतालका पूर्व अध्यक्ष मिलन सुवाल, डाक्टरहरु सुनिल ढुङ्गेल, डा. मधु पाण्डे, डा. निर्मल श्रेष्ठ, डा. देवेन्द्र भट्टराई, डा. रन्जिस पहाडी, डा. कविता मानन्धर, डा. मञ्जु बज्राचार्य, डा. सुरज धौभडेल, अभिनास कायस्थ, नर्सिङ्ग व.अधिकृत रोशनी श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
यसैगरी स्वास्थ्यकर्मी एवं कर्मचारीहरु कविता प्रधान, कृष्णप्रसाद आचार्य, हरिप्रसाद कोजू, ममता थापा, प्रियंका कुमारी भगत, कल्पना कायस्थ, रेसु कार्की, न्हुच्छे लघु, सुनिता न्यौपाने, सुनिता श्रेष्ठ, तारा रिजाल, प्रतिभा भुसाल, बुद्धिबहार महर्जन, सन्तमाया श्रेष्ठ, राजु माक तथा आरएनए ग्रुपका अरुण सैजू र राजेश गाइजूलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।