राष्ट्रपति गनीले अफगानिस्तान छाडे
भक्तपुर, साउन ३१
अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छाडेका छन । तालिवान लडाकुहरुको समूह राजधानी काबुल प्रवेश गरेसँगै राष्ट्रपति गनीले देश छाडेको अफगानी अधिकारीहरुलाई उद्धृत गरिएका विवरणहरूका आधारमा बिबिसीले जनाएको छ । राष्ट्रपति गनीसँगै उपराष्ट्रपतिले...
हार्डवेयरमा चोरी गर्ने दुईजना पक्राउ
भक्तपुर, साउन ३१
मध्यपुर थिमि–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा रहेको आकृति हार्डवेयरमा चोरी गरेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ विरेन्द्रनगर नगरपालिका–३ घर भई हाल काठमाण्डौ कपन...
पार्टीको महाधिवेशन अब सर्दैन, तोकिएको मितिमा हुन्छ – नेता लेखक
काठमाडौं, साउन ३१
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टीको १४औं महाधिवेशन नयाँ सार्वजनिक कार्यतालिका अनुसार नै बताउनुभएको छ । रिपोर्टर्स क्लवले काठमाण्डौंमा आइतवार आयोजित साझात्कार कार्यक्रममा नेता लेखकले कोभिडको...
मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको छ – पूर्व गभर्नर डा. नेपाल
काठमाडौं, साउन ३०
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविद् डा. चिरञ्जीवी नेपालले मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको बताउनुभएको छ । उहाँले अप्ठ्यारो बेलामा मौद्रिक नीति आएको र कोभिडले पारेको असरलाई राहत प्याकेजको...
कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखी १३ गतेसम्म गर्ने निर्णय
भक्तपुर, साउन ३०
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ देखी १३ गतेसम्म काठमाण्डौंमा हुने भएको छ । कांग्रेसको प्रधानमन्त्री शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा शनिवार बसेको केन्द्रीय समिति बैठकले यसअघि निर्धारित भदौ १६...
साँगाबाट उपत्यका प्रवेश गर्ने लामो दुरीका बस मनोहरा करिडोरबाट सञ्चालन गर्ने कामनपाको प्रस्ताव
भक्तपुर, साउन ३०
काठमाण्डौं महानगरपालिकाले उपत्यकाको पुर्वीनाका साँगाबाट उपत्यका प्रवेश गर्ने लामो दुरीका ठूला सार्वजनिक यातायातलाई मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित मनोहरा करिडोर तथा आसपासका क्षेत्र र भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गाबाट सञ्चालनको व्यवस्था गर्नुपर्ने प्रस्ताव...
जुवा खेलेको अभियोगमा पुल हाउसका सञ्चालकसहित १० जना पक्राउ
भक्तपुर, साउन ३०
पुल हाउसमा जुवा खेलिरहेको अभियोगमा भक्तपुरको भेलुखेलस्थित एनएस स्नुकरस् पुल हाउसका सञ्चालकसहित १० जनालाई बिहिवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पुल हाउसका सञ्चालक भक्तपुर नगरपालिका ७ भेलुखेल बस्ने २९ वर्षिय सुजित...
भक्तपुरमा गाईजात्रा पर्व औपचारिकतामा सीमित गरिने
भक्तपुर, साउन २९
यसवर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र साँपारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरु नगर्न भक्तपुर नगरपालिकाले सम्बन्धीत सबैमा अनुरोध गरेको छ ।
कोभिड संक्रमणको बढ्दो उच्च जोखिमलाई ध्यानमा राख्दै...
भक्तपुरको क्वाठण्डौंस्थित सरस्वती फल्चा पुनःनिर्माण शुरु
भक्तपुर, साउन २९
वि. सं. २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको भक्तपुर नगरपालिका १० क्वाठण्डौंस्थित सरस्वती फल्चा (पाटी)को पुनःनिर्माण हुने भएको छ । भक्तपुर नगरपालिकाले २४ लाखको लागतमा सो फल्चा पुनःनिर्माण गर्न लागेको हो ।
स्थानीय...
भक्तपुरको नवदुर्गा द्योछेंमा महिसासुर भित्रियो
भक्तपुर, साउन २९
गत साउन २२ गते विवादले झडपको रुप लिँदा कोलाहलमय बनेको भक्तपुर क्वाछेंस्थित नवदुर्गा द्योछें (देवता घर) परिसरको माहोल बिहिवार साँझ हर्षोल्लासमय बनेको थियो । देवगणमा खुसीयाली छाएको थियो, कारण द्योछेंमा महिसासुरको प्रवेश...