कांग्रेस भक्तपुरको सभापतिमा कवे र थापाको उम्मेदवारी घोषणा

भक्तपुर, मंसिर ९

नेपाली कांग्रेस भक्तपुरको सभापतिका लागि दुर्लभ थापा र अष्टकुमार कवेले उम्मेदवारी घोषणा गरेका छन । वर्तमान सभापति समेत रहेका थापा कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन भने कवे नेता प्रकाशमान सिंह निकट हुन ।
थापा कांग्रेस संस्थापन पक्षको उम्मेदवार हुन । त्यस्तै कवे संस्थापन इत्तरसमूहको तर्फबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन ।
कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भक्तपुरको अधिवेशनमा पनि यी दुई नेताबीच सभापतिमा प्रतिष्पर्धा भएको थियो । पहिलो चरणमा पहिलो स्थानमा रहेका कवेलाई दोस्रो चरणमा झिनो मतले पछि पार्दै थापा सभापतिमा निर्वाचित भएका थिए ।