मनोहरा खोला किनारमा पुरुषको शव फेला

भक्तपुर, मंसिर ९
भक्तपुरको मध्यपुर थिमि–७ मनोहरा खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४४÷४५ वर्षको, सेतो निलो कालो चेक सर्ट, कालो ज्वारी कोट, कालो ट्राउजर लगाएको, कपाल अर्ध फुलेको, उचाई ५ फिट २ ईन्च, कपालमा रातो रङ लगाएको, क्षेत्री ब्राम्हण जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको हो ।
मृतकको पहिचान खुल्न बाँकी रहेको महानगरिय प्रहरी वृत्त थिमिले जनाएको छ । शवको पोष्टमार्तमका लागि के एम सी अस्पताल दुवाकोट पठाएको वृत्त प्रमुख प्रहरी नायव उपरिक्षक नरहरी रेग्मीले बताउनुभयो ।
शवमा कुनै चोट पटक नदेखिएको र प्रारम्भिक अनुसन्धानमा हत्या भएको जस्तो नदेखिएको जानकारी दिँदैं प्रनाउ रेग्मीले शवको पोष्टमार्तमको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्न सक्ने बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।