नेपाललाई मलेसियाको ९३ रनको लक्ष्य

भक्तपुर, मंसिर १०
आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत दुवईमा जारी खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । दुवईस्थित आइसीसी एकेडेमीको मैदानमा जारी खेलमा पहिले व्याटिङ गर्दै मलेसियाले ९२ रन बनाए ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै मलेसियालाई व्याटिङको निम्तो दिएको थियो । मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनायो ।
मलेसियाकी एल्सा हन्टरले सर्वाधिक ३९ रन बनाई अविजित रहिन । उनले ४८ बलको सामना गर्दै ४ चौका सहित सर्वाधिक ३९ रन बनाएका हुन । मलेसियाका लागि मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान गरे ।
नेपालले पहिलो ओभरमा पहिलो सफलता हात पारे । पहिलो ओभरको पाँचौं बलमा तीव्र गतिकी बलर कविता कुँवरले ओपनर तथा कप्तान विनीफ्रेड दुरासिङ्मालाई शून्यमा एलबीडब्लू आउट भएकी थिइन् । दोस्रो ओभरको अन्तिम बलमा वान जुलिया १ रनमा रन आउट भइन् ।
युस्रिाना याकोपलाई आठौं ओभरको अन्तिम बलमा सबनम राईले १२ रनमा बोल्ड आउट गरिन् । मास एलिसालाई १५ औं ओभरमा रुविना क्षेत्रीले १४ रनमा बोल्ड आउट गरिन् । सीता रानामगरले १६ औं ओभरको पाँचौं बलमा महिरा इस्लामलाई २ रनमा बोल्ड आउट गरिन् ।
नेपालका लागि सवनम राईले ४ ओभरमा १ मेडन सहित २७ रन खर्चेर सर्वाधिक २ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्री, सिता राना मगर र कविता कुँवर एक–एक विकेट हात पारे ।