नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को सभापतिमा स.स्थापन इत्तर समूहका कार्की विजयी, महाधिवेशन प्रतिनिधिमा मिश्रित परिणाम

भक्तपुर, मंसिर ८
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा संस्थापन ईत्तर पक्षका नेता भेषबहादुर कार्की विजयी भएका छन । कार्कीले ३६० मत प्राप्त गरे । उनका प्रतिष्पर्धी विदुरमानसिंह बस्नेतले २३८ मत प्राप्त गरे । बस्नेत कोइराला खेमाका नेता हुन । क्षेत्रीय अधिवेशनको उम्मेदवारी मनोनयन दर्ता गर्ने बेला बस्नेत क्याम्प परिवर्तन गरी संस्थापन पक्षमा लागेका थिए ।
क्षेत्रीय सचिवमा ईश्वर खड्का र सविन ढुंगेल तथा सहसचिवमा सुसन प्रजापति र मिना चित्रकार श्रेष्ठ विजयी भए । कार्यसमिति सदस्य महिलामा रीना महर्जन, खुल्लामा बाबुकाजी डंगोल, विरजी श्रेष्ठ र धर्मभक्त श्रेष्ठ विजयी भए । कार्यसमिति सदस्य आदीवासी जनजाती महिलामा मधु श्रेष्ठ, खुल्लामा हरिभक्त हेका र विजेन्द्र प्रजापति, खसआर्य महिलामा दुर्गा न्यौपाने, खुल्लामा प्रल्हाद कार्की र अच्युत के सी विजयी भए । विजयी मध्ये प्रजापति बाहेक सबै कार्की समूहका हुन ।

प्रदेशसभा क्षेत्र क बाट नारायणदेवी जाकिबञ्जार, मिठाराम न्यौपाने र मणिराज थापा, प्रदेशसभा क्षेत्र ख बाट हिरा श्रेष्ठ, राजभक्त श्रेष्ठ र राजेश श्रेष्ठ विजयी भए ।
महाधिवेशन प्रतिनिधिमा भने मिश्रित परिणाम आएको छ । कुल २५ जना महाधिवेशन प्रतिनिधि मध्ये संस्थापन पक्षका १० र ईत्तरपक्षका १५ जना विजयी भए । महाधिवेशन प्रतिनिधितर्फ महिला आदीवासी जनजातीको निर्वाचन जिल्ला अधिवेशनको बेला गर्ने भएको छ । मतपत्रमा प्राविधिक त्रुटी भेटिएपछि आदीवासी जनजाती महिलाको निर्वाचन स्थगित गरेको मतदान केन्द्र प्रमुख राम हाडाले जानकारी दिए ।
महाधिवेशन प्रतिनिधि खुल्ला महिलामा रमा कोइराला पौडेल, अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य र कमला कर्माचार्य विजयी भए ।
महाधिवेशन प्रतिनिधि खुल्लामा दुर्लभ थापा, मदनकृष्ण श्रेष्ठ, नारायणभक्त खायमली, विष्णुराज कार्की, मुरारीप्रसाद आचार्य, उद्धव सिलवाल, राजनकाजी त्वाती, गणेशमान चक्रधर, अष्टकुमार कवे र सन्तोष भट्टराई विजयी भए ।
त्यस्तै आदिवासी जनजाती खुल्लामा दिलकृष्ण प्रजापति, ज्ञानदास प्रजापति र रामकाजी चक्रधर निर्वाचित भए भने खसआर्य महिलामा संगिता थापा र सुमित्रा सापकोटा, खसआर्य खुल्लामा उमेश खड्का, अच्युत प्रसाद मिश्र र लछुराम न्यौपाने विजयी भए । खड्का गोलाप्रथामा विजयी भएका हुन । धर्मराज कार्कीसँग २८८ बराबर मत भएपछि गरिएको गोलाप्रथामा खड्का विजयी भएका हुन ।
महाधिवेशन प्रतिनिधि दलितमा पूर्ण नेपाली विशुंके र मुस्लिम, अपांग र मधेसीमा कसँबहादुर कोजु विजयी भए ।
महाधिवेशन प्रतिनिधिमा जिल्लाका केही हस्तीहरु पराजित भएका छन । पराजित हुनेहरुमा पुर्वकेन्द्रीय सदस्य एवम् सभासद मनमोहन भट्टराई, पुर्वजिल्ला सभापति महेश श्रेष्ठ, संस्थापन इत्तर समूहबाट क्याम्प परिवर्तन गरी संस्थापन पक्षमा लागेका कोइराला खेमाका वरिष्ठ पत्रकार कविर राणा, माथवरसिंह बस्नेत हुन ।