बाल सुधार गृहका बालबिज्याईंकर्ता र प्रहरीबीचको झडपमा डिएसपीसहित २९ जना घाईते

भक्तपुर, भदौ ४
भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृहका बालबिज्याईंकर्ता र प्रहरीबीच सोमवार भएको झडपमा प्रहरी नायव उपरिक्षक (डिएसपी)सहित १९ प्रहरी र १० बालबिज्याईकर्ता गरी २९ जना घाईते भएका छन । उनीहरुको विभिन्न अस्पतालमा उपचार भएको र केही अझै उपचारको क्रममा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताउनुभयो ।
घाईते मध्ये प्रहरीतर्फ काठमाण्डौँ कारागार दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत ३४ वर्षिय प्रहरी हवल्दार चन्द्रमाया राईको दाहिने खुट्टा भाँचिएको छ । उहाँको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
थिमि वृत्तका प्रहरी निरिक्षक सञ्जिव ओलीको दाहिने पातो फ्याक्चर हुनुका साथै नाडीमा चोट लागेको छ । उहाँलाई मध्यपुर अस्पतालबाट थप उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज पठाईएको छ । यसैगरी थिमि वृत्तका प्रहरी नायव उपरिक्षक (डिएसपी) रविन श्रेष्ठको दाहिने नली खुट्टामा चोट लागेको छ ।
अन्य घाईतेहरुमा प्रहरी परिसर भक्तपुरका प्रहरी जवान लक्ष्मण खड्का, जिल्ला अदालत दरबन्दी भई हाल प्रभाग बालकोटमा कार्यरत प्रहरी हवल्दार श्याम शंकर ठाकुर, काटमाण्डौँ नारायणीहिटी दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार बेलकुमारी बुढाथोकी, परिसरका प्रहरी हवल्दार सुर्य बस्नेत, बालसुधार दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत प्रहरी जवान पुनम टमाटा प्रहरी सहायक हवल्दार बादुरे राउत, प्रहरी जवान सन्तोष पचभैया, प्रहरी जवान भरत अड्केजा रहेका छन ।
यसैगरी सशस्त्र प्रहरी बलतर्फ प्रहरी वरिष्ठ हवल्दार हरिशरण थापा, प्रहरी सहायक हवल्दारहरु माधव अधिकारी, ज्ञानबहादुर महत, प्रहरी जवानहरु राम प्रवेश सिंह, उमेश कुमार कलवार, राधिका थापा, कल्पना श्रेष्ठ, सुदन सुवाल रहेका छन । उनीहरु सबैलाई थप उपचारका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बू रिफर गरिएको छ ।
यस्तै घाइते हुने बालविज्याईकर्ताहरुमा १८ वर्षिय साहिनी गोपाली, २२ वर्षिय दिले परियार, २१ वर्षिय विश्वास गपाली, २२ वर्षिय अर्जुन नेपाली, १८ वर्षिय सन्देश खत्री, २० वर्षिय दिनेश पुन मगर, २२ वर्षिय विशाल पाण्डे, १८ वर्षिय शंकर घर्ती, २२ वर्षिय उमेश कार्की, २० वर्षिय सञ्जिव तामाङ रहेका छन ।
घाईते बालविज्याईंकर्ता घर्तीको दाहिने गर्धनमा चोट लागेको छ । उनलाई थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएको एसपी केसीले बताउनुभयो ।