पलिस्थाको उदघोषण तथा क्षमता अभिबृद्धी तालिम सम्पन्न

भक्तपुर, जेठ २
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ ले वडाबासीलाई उद्घोषण कला तथा क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । स्थानीय पलिस्था पुचः मरुटोलले वडाको लागत सहभागितामा आयोजित तालिममा २३ जना महिला तथा पुरुष युवाहरुको सहभागिता रहेको थियो ।
तालिमको सामापनमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै वडाअध्यक्ष बालकृष्ण पात्या श्रेष्ठले यस्ता तालिम तथा प्रशिक्षणले विशेष गरी महिलाहरुलाई समाजमा अघि बढ्न सक्ने हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा सदस्य मदन ख्या श्रेष्ठले तालिम सञ्चालनको आवश्यकता, महत्व माथि प्रकाश पार्दै युवाहरुको व्यक्तित्व विकास तथा क्षमता अभिबृद्धी गर्न यस प्रकारको तालिम आवश्यक रहेको विचार ब्यक्त गर्नुभयो ।
अर्का वडा सदस्य उमेश बोडे श्रेष्ठले वडाबासी युवा व्यक्तिहरुको उदघोषण कला तथा व्यक्तित्व क्षमता अभिबृद्धि गर्ने उदेश्यले कार्यक्रम संचालन गरिएको बताउनुभयो ।
पलिस्था पुचःका अध्यक्ष सम्झना श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा तालिम व्यवहारिक र उपलब्धीमूलक भएको सहभागीहरुले बताउनुभयो । पलिस्था संगीत, कला र संस्कृति संरक्षण गर्दै युवा वर्गको प्रतिभा विकास गर्ने उदेश्य राखी स्थापना भएको संस्था हो ।