लेखापढी व्यवसायी भक्तपुरमा राना निर्वाचित

भक्तपुर, चैत्र ४
नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन भक्तपुरको अध्यक्षमा रामशरण राना विजयी हुनुभएको छ । एशोसियसनको नेतृत्वको लागि शनिवार सम्पन्न निर्वाचनमा राना १७४ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिष्पर्धी नवराज दाहाल ‘जुझारु’ले ९१ मत प्राप्त गर्नुभयो ।
एशोसियनको १३ सदस्यीय कार्यसमितिमा सचिव र ३ सदस्य बाहेक सबै राना समूहका निर्वाचित भए । उपाध्यक्षमा रामकाजी पाटी १८० मतका साथ निर्वाचित हुँदा उहाँका प्रतिष्पर्धी नरेश खड्काले ८३ मत प्राप्त गर्नुभयो ।
निक्कै प्रतिष्पर्धा भएको सचिवमा राना समूहका जयराम फोजुलाई ५ मतले पछि पार्दै दिपक श्रेष्ठ निर्वाचित हुनुभयो । श्रेष्ठले १३१ र फोजुले १२६ मत प्राप्त गरे । सहसचिवमा रामभक्त किजु ९९ मतका निर्वाचित हुँदा उहाँका प्रतिष्पर्धी अशोक नायभारीले ८० र ऋषिराम के.सी.ले ७८ मत प्राप्त गर्नुभयो ।
कोषाध्यक्षमा राना समूहका रुपा भण्डारी १६५ मतका साथ निर्वाचित हुनुभयो भने सहकोषाध्यक्षमा ईश्वरमणी भट्टराई १०६ मतका साथ विजयी हुनुभयो ।
सदस्यहरुमा लक्ष्मण डोटेल (१०७), मनिता शर्मा (१११), अच्युत शिवाकोटी (९८), सुरोज कवाँ (१०२), विकास कुस्मा (१०३), श्यामसुन्दर सिलवाल (९६) र श्यामसुन्दर घटुवा (११५) निर्वाचित हुनुभयो ।