बौद्ध धर्मग्रन्थ देखाएर ठगी गर्ने दुई जना पक्राउ
भक्तपुर, साउन २२
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बौद्ध धर्मको प्राचीन पुरातात्विक महत्वको धर्मग्रन्थ देखाएर ठगी गरेको अभियोगमा बिहिवार काठमाण्डौंको गोकर्णेश्वर–८ आरुवारीबाट दुई जनालाई पक्राउ गरेको छ ।
धर्मग्रन्थ देखाएर ठगी गर्ने समूहको खोजतलास गर्ने क्रममा...
चोकचोकमा ठड्याएर राखेको गथामंगःलाई साँझ दहन गरे
लक्ष्मी गारु, भक्तपुर, साउन २२
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा भक्तपुरका नेवार समुदायले गथामंगःको दहन गरेका छन । दिनभरी चोकचोकमा ठड्याएर राखेको गथामंगःलाई साँझ बाजागाजासहित विभिन्न श्लोक गाउँदैं दोबाटो, छ्वासः, चौबाटो र नदि किनारमा लगेर...
सत्ता साझेदार दलको संयुक्त कार्यदलले प्रतिवेदन बुझायो (पूर्ण पाठ सहित)
भक्तपुर, साउन २२
सत्ता साझेदार दलले सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदलले आज (शुक्रवार) प्रतिवेदन बुझाएको छ । कार्यदलको बिहिवार बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो । सोही प्रतिवेदन सत्तारुढ गठबन्धनका...
नेवार समूदाय गठेंमंगाः च¥हे पर्व मनाउँदैं
लक्ष्मी गारु, भक्तपुर, साउन २२
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समूदायले घर शान्तिको कामना गर्दै गठेंमंगाः च¥हे अर्थात घण्टाकर्ण पर्व मनाईंदैछ । नेवार समूदायले हर्षोल्लासका साथ मनाउने गठेंमंगाः च¥हे पर्व नेवारहरुको मौलिक पर्व...
भक्तपुरका पत्रकारहरुले कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाए
भक्तपुर, साउन २१
भक्तपुरका पत्रकारहरुले आज (बिहिवार) कोरोना विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन । गत असार १० गते पहिलो मात्रा लगाएका पत्रकारहरुले आज दोस्रो मात्रा लगाएका हुन । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको...
ओलम्पियन थापा इन्स्पेक्टरमा बढुवा
भक्तपुर, साउन २१
ओलम्पियन देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । सन् २००८ को बेईजिङ ओलम्पिकमा सहभागी भएकी जुडो खेलाडी थापालाई बुधवार नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव रहेका प्रहरी अतिरिक्त...
पाराल्याम्पिक टोलीलाई केल्मीको प्रायोजन
भक्तपुर, साउन २१
जापानको टोकियोमा यही अगष्ट २४ देखी ५ सेप्टेम्बरसम्म हुने पाराल्याम्पिक गेम्समा सहभागी हुने नेपाली टोलीलाई केल्मीले प्रायोजन गर्नेभएको छ । सो सम्बन्धमा नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रा.लि.का प्रबन्ध निर्देशक...
व्यवसायिक कर नीति सम्बन्धी अन्तरक्रिया सम्पन्न
भक्तपुर, साउन २०
भक्तपुर चेम्बर अफ कमर्श र नेपाल अडिटर्स एसोसियसन भक्तपुरले संयुक्तरुपमा जिल्लाका व्यवसायीहरुलाई बुधवार व्यवसायिक करका विविध पक्षहरुका बारेमा अन्तरक्रिया मार्फत अभिमुखीकरण गरेको छ ।
नेपाल अडिटर्स एसोसियसनको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा व्यवसायमा विद्यमान...
सुन जस्तो देखिने धातुसहित तीन भारतिय नागरिक पक्राउ
भक्तपुर, साउन २०
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले सुन जस्तो देखिने धातु १ किलो ८६६ ग्रामसहित तीन जनालाई भारतिय नागरिकलाई काठमाण्डौं महानगरपालिका ९ सिनामंगलस्थित मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नं. २०२ बाट बुधवार पक्राउ गरेको...
टिपरमा करेन्ट लाग्दा सहचालकको मृत्यु
भक्तपुर, साउन २०
भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित मोर्डन कलेज नजिक मंगलवार राती टिपरमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका सहचालक महोत्तरीको बर्दिवासका २२ वर्षिय विशाल तामाङ हुन ।
दोलखाको गौरीशंकर गाउँपालिका–२...