नेपाललाई साफ आयोजनाको प्रस्ताव

भक्तपुर, साउन १०
दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप आयोजनाका लागि नेपालले औपचारिक प्रस्ताव पाएको छ । साफको शुक्रवार बसेको बैठकमा आयोजक बंगलादेशले कोरोना संक्रमणका कारण प्रतियोगिता आयोजना गर्न नसकिने औपचारिक जानकारी दिएपछि नेपाललाई आयोजना गर्न प्रस्ताव गरेको हो ।
बैठकमा नेपालसहित भारत र माल्दिभ्सले पनि आयोजनाको दावेदारी प्रस्तुत गरेको थियो । सो अनुसार आज साफले नेपाललाई प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
आगामी अक्टोवरमा हुने प्रतियोगितामा ५ टोलीको मात्र सहभागिता रहने सम्भावना रहेको छ । पाकिस्तानले फिफाको प्रतिबन्धका कारण सहभागिता जनाउने पाउने छैन । कोरोना संक्रमणका कारण भुटानमा देशबाहिर जान प्रतिबन्ध छ । सोही कारण भुटानको सहभागिता अनिश्चित छ ।