फुटबल मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा

भक्तपुर, साउन १०

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने भएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने लागेको जानकारी दिएको हो ।
अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताए । उनले विगत ३ हप्तादेखी दैनिकरुपमा नेम्वाङले समस्यामा पार्ने गरेको आरोप लगाएका छन ।