नापी अधिकृत सापकोटाले १० महिनामा गरे ५ दर्जन सुधारका कार्य

भक्तपुर, कार्तिक २
नापी कार्यालय भक्तपुरमा आफ्नो १० महिने कार्यकालमा नापी अधिकृत रामकुमार सापकोटाले उल्लेख्य सुधार गर्नुभएको छ । जागिरे जीवनमा नापी विभाग र मन्त्रालयको विभिन्न जिम्मेवारीमा रहनुभएका सापकोटा पहिलो पटक जिल्लाको नेतृत्व गर्ने क्रममा १० महिना अघि नापी कार्यालय भक्तपुरको प्रमुख भएर आउनुभएको थियो ।
उहाँले १० महिने कार्यकालमा सुशासन, कार्यालय व्यवस्थापन, अभिलेख व्यवस्थापन, क्षमता विकास, समन्वयलगायतका शिर्षकमा करिव ५ दर्जन सुधारका काम गर्नुभएको हो ।
सापकोटाले कार्यालयको सुशासनतर्फ नक्सा तथा फिल्डबुकमा एकद्वार सेवा, जेष्ठ नागरिक कक्ष संचालन, सम्पूर्ण पत्रहरु तथा कागजातहरुको डिजिटाइजेशन गरी सर्भरमा पत्र राख्ने व्यवस्था, सेवाग्राहीले आफूले प्राप्त गर्ने सेवाका सम्बन्धमा प्रत्येक फाँटका कम्प्यूटरहरुमा डोयल मोनिटर प्रणालीको व्यवस्था, ठूलो मोनिटर सहितको डिजिटल नागरिक बडापत्रको व्यवस्था, सेवाग्राही सन्तुष्टी फारामको व्यवस्था, दैनिक प्रगति डिजिटल डिस्प्ले बोर्डमा सार्वजनिकीकरण, नेलिसका कार्य प्रगतिको अवस्था सहितको नियमित डिस्प्ले, सेवाग्राही कक्षमा टिभी राखी सचेतानामूलक भिडियो सामाग्रीको प्रसारण, अनधिकृत पहुँच रोक्न फिन्गर डोर लक प्रणाली स्थापना, ई–हाजिरी प्रणाली सूचना प्रविधि विभागसँगको समन्वयमा स्थापना तथा संचालनमा ल्याउनुभएको थियो ।


यसैगरी नियमित अनुगमनको लागि १६ वटा सिसि क्यामरा जडान गरी कार्यालयको कार्यकक्ष तथा कार्यालय प्रमुखको मोबाईलबाट नै ट्रयाकिङको व्यवस्था, कार्यालयका कागजात रेखांकन लगायतका अन्य सेवा सम्बन्धी विवरण व्यवस्थित रुपमा भण्डारण तथा खोजी गर्न सकिने गरी सफ्टवेयर विकास तथा संचालन, रेखांकनका निवेदन तथा तामेलीको लागि व्यवस्थित फायलिङ पद्धतिको विकास, रेखांकनको लागि निवेदन दिएकै दिन फिल्डको समय दिने पद्दतिको विकास, सेवाकक्षबाटै निवेदन भरी दिने, टिकट टाँस गरिदिने, फोटोकपी गरिदिने, फायल तयार गरिदिने व्यवस्थाको शुरुवात, सबै फाँटवाला तथा अधिकृतहरुलाई आफ्नो दैनिक कार्य सम्पादनका सम्बन्धमा फायल÷निवेदन प्राप्त तथा सम्पन्न भएको मिति तथा समय सहितको लगबुकको व्यवस्था गर्नुभएको थियो ।


कार्यालय व्यवस्थापन तर्फ सापकोटाले सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्नको निमित्त सम्पूर्ण कर्मचारीको जिम्मेवारी तथा जिम्मेवारी तोकिएको क्षेत्र सहित फोटो र फाँट सहितको बोर्डको व्यवस्था, सरसफाई र सौन्दर्यीकरण, अपांगमैत्री ¥याम्प रेलिङ, सेवाकक्षमा एकरुपताको लागि सबै फाँटमा एकै प्रकारको लेआउटको व्यवस्था, प्रत्येक फाँट÷सेवाकक्षमा सम्बन्धित कर्मचारी र फाँटको नाम सहितको डिस्प्ले बोर्ड, कार्यालय प्रमुखको कक्ष स्तरोन्नती, प्रत्येक कर्मचारीहरुसँग आन्तरिक संचारको लागि इन्टरकमको व्यवस्था, आन्तरिक संचारलाई प्रभावकारी बनाउन कार्यालयमा टेलिकमको सानो टावरको स्थापना, मासिक रुपमा अन्तिम शुक्रबार कार्यालय सरसफाई कार्यक्रम संचालन, प्रत्येक महिनाको तेस्रो हप्ता कार्यालयको नियमित बैठक संचालन, सेवा कक्षको लेआउट परिवर्तन गरिएको छ ।


यस्तै सापकोटाको कार्यकालमा सेवाग्राहीको लागि खानेपानीको व्यवस्था, संघीय सचिवालयको सहयोगमा कार्यालयको भवनको लागि रंगरोगन कार्य, सेवाग्राहीको लागि फ्रि वाईफाईको व्यवस्था, टेलिकम भक्तपुरका प्रमुखसँगको समन्वयमा चार्जिङ स्टेशनको स्थापना, भवन डिभिजन कार्यालयको सहयोगमा सेवाग्राहीमैत्री प्रतिक्षालय तथा ट्रस निर्माण, कार्यालय परिसर अगाडिको सडकपेटी सुधार तथा निर्माण, कार्यालयको पुराना तथा रुग्न जिन्सी सामना लिलामी विक्री सम्पन्न, अनलाइनबाट सेवा लिने, जग्गाको एकाई लगायतका विषयमा सन्देशमूलक सामाग्री भित्ते लेखन (नेपाल भाषामा समेत) तथा प्रशारण गर्ने व्यवस्था गरिएको छ ।
यस्तै कर्मचारीको उत्प्रेरणाको लागि मासिकरुपमा ‘इम्प्लोई अफ मन्थ’ घोषणा गर्ने पद्धतिको विकास, संघीय सचिवालयको सहयोगमा सेवा लिने कक्षमा मार्बलिङ गर्ने कार्य सम्पन्न, परम्परागत प्रविधि देखि आधुनिक प्रविधि सम्म कित्तानापीको ऐतिहासिकता एवम् चरणबद्ध विकासक्रम झल्कने गरी कार्यालय परिसरमा आकर्षक चित्रांकन गरिएको, संघीय सचिवालयको सहयोगमा प्रत्येक फाँटको सेवाकक्षमा मार्बलिङ गर्ने कार्य गरिएको छ ।


कार्यालयको अभिलेख व्यवस्थापनतर्फ कार्यालयको सम्पूर्ण अभिलेख तथा सरकारी सार्वजनिक जग्गाको नक्सा सहितको वृहत पुस्तक तयार गरी विभाग र मन्त्रालयलाई समेत हस्तान्तरण गरिएको छ । कार्यालयमा रहेका सम्पूर्ण सक्कल नक्साको अवस्था सहितको विवरण तयार, सक्कल नक्साको प्रयोगलाई थप व्यवस्थित गर्नको लागि सक्कल नक्सा झिक्नको लागि लगबुकको व्यवस्था (सम्बन्धित फाँटवालाले अधिकृतको रोहबरमा मात्र हेर्न पाउने) व्यवस्था गरिएको छ ।
यसैगरी कार्यालयमा रहेका सम्पूर्ण नक्सालाई पृष्ठभूमिमा मजबुद आधार सहित पुरानो नक्सालाई सबलिकरण गर्ने, सम्पूर्ण सबलिकृत नक्सालाई स्क्यान गरी डिजिटल अभिलेख तयार, डिजिटाइज हुन बाँकी फायल नक्साको डिजिटाइजेशन गर्ने कार्य, जीर्णनक्सा तथा प्लट रजिष्टरको पहिचान गरी पुनसर््थापन कार्यको थालनी, कित्तानापी महाशाखाको सहयोगमा जीर्ण नक्सा डिजिटल डाटावेशबाट प्रिन्ट गरी पुनसर््थापना गर्ने कार्य, पुरानो सम्पूर्ण कित्ताकाट ट्रेस बाइन्डिङ गर्ने कार्य सम्पन्न गरिएको छ ।


क्षमता विकासतर्फ सापकोटाले नापनक्सा सम्बन्धी सम्पूर्ण कार्य डिजिटल प्रविधिबाटै सम्पन्न गर्न नापी टोलीमा कम्प्यूटर प्रणाली सम्बन्धी तालिम संचालन, सेवा प्रवाह गर्दा सन्दर्भको रुपमा आवश्यकतानुसार स्याटलाइट ईमेजको समेत प्रयोग गर्न सकिने गरी सर्भरमा ग्रिडगत ईमेजको प्रबन्ध, कार्यालयमा तालिम लगायतका कार्यमा सहजताका लागि प्रोजेक्टरको सहितको हलको व्यवस्था गर्नुभएको छ ।


समन्वयतर्फ स्थानीय पालिकासँग समन्वय गरी सहयोगको वातावरण तयार गर्नुका साथै पार्किङ व्यवस्थित गर्ने सन्दर्भमा सम्बन्धित वडासँगको समन्वयमा जग्गाको खोजी कार्य भएको, स्रोत व्यवस्थापनको लागि स्थानीय तहबाट समानुपातिकरुपमा व्यहोर्न अनुरोध गर्ने गरी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बस्ने कार्यालय प्रमुखको नियमित बैठकमा निर्णय भएको छ भने जिल्लाभरका सम्पूर्ण पालिकालाई कित्तानापीको अवस्थिति सहितको वृहत नक्सा तयार गरी हस्तान्तरण गरिएको छ ।
सापकोटा आफ्नो १० महिने कार्यकाल सम्पन्न गरी बुधवार सरुवा भएर जानुभएको छ ।