मध्यपुर अस्पतालमा एमआरआई सेवा शुरु

भक्तपुर, कार्तिक १
भक्तपुरको मध्यपुर थिमि शंखधरचोकस्थित मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको छ । स्थापनाको १३ औं वार्षिकोत्सवको अवसरमा मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो ।
औपचारिकरुपमा बुधवार शुभारम्भ गरेको एमआरआई सेवा मध्यपुर अस्पतालले केही साता अघिदेखी सञ्चालनमा ल्याएको अस्पताल सञ्चालन समितिका अध्यक्ष विष्णुराज कार्कीले बताउनुभयो ।
बिरामीको उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन करिव १३ करोड लागतमा एमआरआई सेवा सञ्चालनमा ल्याएको कार्कीले बताउनुभयो । “जटिल रोगको अवस्था तथा रोग पहिचानकै लागि पनि एमआरआई सेवा जरुरी भएकाले भक्तपुरमै पहिलो एमआरआई सेवा सञ्चालनमा ल्याएका छौं । यसले अस्पतालको सेवा थप प्रभावकारी र विश्वसनीय बनाउनेमा विस्वस्त छौं,” उहाँले भन्नुभयो ।
भक्तपुरमा अत्याधुनिक उपकरणका साथ स्वास्थ्य सेवा बिस्तार भएपनि एमआरआईका लागि काठमाण्डौं धाउनुपर्ने अवस्था समेत अन्त्य भएको कार्कीले बताउनुभयो । “यसले बिरामीहरुलाई थप परीक्षण तथा उपचारका लागि भन्दै अन्यत्र धाईरहनु पर्नेछैन्, उहाँले भन्नुभयो ।