स्कुटीसँग ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, माघ १०
भक्तपुरको चुनदेवीमा मंगलवार साँझ मोटरसाइकल र स्कुटी ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार बस्ने २० वर्षिय ओम के.सी हुन ।
सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको बागमति प्रदेश ०२–०२२ प ८७३२ नं. को मोटरसाईकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्र ०२–०२१ प ९०३२ नं. को स्कुटीलाई चुनदेवी आकाशे पुल नजिक ठक्कर दिँदा मोटरसाइकल चालक के.सी. गम्भिर घाईते भएका थिए । उनलाई उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकोमा त्यही उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) बसन्त पाठकले बताउनुभयो ।
दुर्घटना भएको दुवै सवारीसाधन र स्कुटी चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ घर भई हाल काठमाण्डौ कपन बस्ने २६ वर्षिय रोशन तामाङलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखी थप कारवाही भइरहेको डिएसपी पाठकले जानकारी दिनुभयो ।