कांग्रेसको भवन निर्माणका लागि युवा नेता राणाले २० लाख सहयोग दिने

भक्तपुर, माघ ८
नेपाली कांग्रेस भक्तपुरका युवा नेता रवि राणाले नेपाली कांग्रेस भक्तपुरको भवन निर्माणका लागि २० लाख रुपैंया सहयोग गर्ने घोषणा गर्नुभएको छ । कांग्रेस जिल्ला समितिको २७ औं बैठकमा नेता राणाले सो घोषणा गर्नुभएको हो ।
सहयोग घोषणा गर्दै नेता राणाले पार्टीको भवन निर्माणमा वर्तमान जिल्ला सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको दृढ संकल्पलाई साथ, सहयोग र सहकार्य गर्न आर्थिक सहयोग प्रदान गरेको बताउनुभयो । पार्टीको भवन निर्माणसँगै कांग्रेसको संगठन बिस्तारमा थप सहज हुने र कांग्रेसप्रति युवाहरुको आकर्षण बृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
युवा नेता राणा पुर्व खेलाडीका साथै समाजसेवी समेत हुनुहुन्छ । उहाँले आफ्ना दाजु वरिष्ठ पत्रकार कविर राणाको सहकार्यमा स्व. माता मिनकुमारी राणाको स्मृतिमा प्रतिष्ठान स्थापना गरी खेलाडी, पत्रकार र प्रजातन्त्र सेनानीलाई सम्मान र पुरस्कृत गर्दै आइरहेको छ ।