मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ट्राफिक प्रहरीसहित २ जना घाईते

भक्तपुर, साउन २२
मध्यपुर थिमि–४, बागमती पेट्रोल पम्प नजिक अरनिको राजमार्गमा आइतवार दिउँसो मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक ट्राफिक प्रहरी जवानसहित दुई जना घाईते भएका छन ।
नयाँ थिमीबाट राधेराधे तर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ७८३१ नंम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय झापामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुर सल्लाघारीमा कार्यरत मोरङ सुन्दर हरैचा ननगरपालिका–११ का नवराज घोरासैनी र मोटरसाइकलमा सवार सुनसरी इटहरी उपमहानगरपालिका–५ घर भई हाल काठमाण्डौं काँडाघारी बस्ने १८ वर्षिय विनायक ढकाल घाईते भएका हुन ।
घाईते घोरासैनी निधारमा काटिएको, दुवै खुट्टामा धसारिएको चोट र बोल्न सक्ने अवस्थामा मध्यपुर अस्पतालमा उपचार भएको छ भने ढकालको अवस्था समान्य रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिनुभयो ।