नेपाली क्रिकेटले आज दुई महत्वपूर्ण खेल खेल्दै

भक्तपुर, फागुन १८
नेपाली क्रिकेटले आज बिहिवार दुई महत्वपूर्ण खेल खेल्दैछ । यु–१९ राष्ट्रिय टोली र नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दुई छुट्टाछुट्टै मैदानमा घरेलु टोली युएईसँग खेल्दैछ ।
उन्नाईस वर्ष मुनीको युवा टोली आठ वर्षपछि यु–१९ विश्वकप प्रवेशको संघारमा रहेको छ । युएईमा जारी एसिया छनोटको शिर्ष स्थानमा रहेको टोलीले २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ ।
नेपाल र युएई दुवैले समूह चरणका चार वटै खेलमा लगातार जित हात पारेका छन । दुबै टोलीले चौथो जित हात पारेकोले नेट रनरेटका कारण युएई शीर्ष स्थानमा छ । युएई ४ खेलमा ८ अंकका साथ ४ दशमलब २६८ नेट रनरेट सहित शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ८ अंकका साथ नेट रनरेट ३ दशमलब ८२९ सहित दोस्रो स्थानमा छ ।
नेपाल आठौं र युएई चौथो पटक यु–१९ विश्वकपमा छनोट हुने सोचका साथ खेल्दै छन् । नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो । घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८ विकेटले हराएको थियो ।
सन् २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल डीएल मेथडका आधारमा युएईसँग एक रनले पराजित भएको थियो । त्यहीँ एक रनको कारण २०२० मात्रै होईन २०२२ को पनि विश्वकप खेल्न पाएन । २०२१ मा कोरोनाको कारण यु–१९ विश्वकप एसिया क्षेत्र छनोट हुन सकेन । अघिल्लो छनोटका आधारमा यु
यसैगरी युएई नै जारी आइसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीसँग प्रतिष्पर्धा गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बाट सुरु हुनेछ ।
आईसीसी विश्वकप लिग–२ को अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको युएई र छैटौँ स्थानमा रहेको नेपाल दुवैको लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनका निम्ति यो श्रृंखला महत्वपूर्ण रहेको छ ।
लिगमा दुवै टोलीले ७÷७ खेल खेल्न बाँकी छ । नेपाल युएईले एक आपसमा चार चार खेल खेल्न बाँकी छ भने दुवै टोलीले पपुवा न्यू गिनीसँग ३÷३ खेल खेल्न बाँकी छ ।
दुवै टोलीले लिगको शिर्ष ३ स्थानमा रही साझै आइसीसी विश्वकप ग्लोबल छनोट खेल्न बाँकी ७ मध्ये ६ खेल जित्नु पर्नेछ भने लिगको पाँचौं स्थानमा रहेर एक दिवसीय मान्यता जोगाउन कम्तिमा ४ खेल जित्नु पर्नेछ । यस्तोमा दुवै टोलीको लागि एक अर्का विरुद्धको खेल महत्वपूर्ण मानिएको छ ।