भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा थापामगर, २ मा श्रेष्ठ विजयी

भक्तपुर, मंसिर ८
भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा एमालेका किरण थापामगर र २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको छ ।
भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मा डा. श्रेष्ठ ८ हजार ३४१ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठले ८ हजार ३१ मत प्राप्त गर्नुभयो । डा. श्रेष्ठलाई चन्दनकृष्णलाई ३१० मतले पराजित गरेको हो । डा. श्रेष्ठ यसअघि २०७४ मा एमालेका उम्मेदवारका रुपमा प्रदेश सभामा निर्वाचित भएका थिए ।
यस्तै नेमकिपाका रमेश वैद्यले ६ हजार ८३१, राप्रपाका पञ्चकृष्ण श्रेष्ठले ३ हजार ७५०, स्वतन्त्र उम्मेदवार प्रेमनाथ श्रेष्ठले ५०६, राप्रपा नेपालका श्रीकृष्ण नेपालले ३२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।


यसैगरी भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा एमालेका किरण थापामगर विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विष्णुराज कार्कीलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको हो ।
थापामगरले १५ हजार २४२ र कार्कीले ११ हजार ९३५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै राप्रपाका विक्रम थापाले ४ हजार २७०, नेमकिपाका सरोजराज गोसाईंले ३ हजार ८६, हाम्रो नेपाली पार्टी लौरो चिन्हका उद्धवकुमार घिमिरेले ५०३ र राप्रपा नेपालका उमेश बिष्टले २०० मत प्राप्त गरेको छ ।