निर्वाचनको अनुगमनका लागि मानव अधिकार आयोगको टोली परिचालन

भक्तपुर, मंसिर २
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौडाले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अनुगमनका लागि ४ वटा टोली खटाएको छ ।
टोलीले निर्वाचन पूर्वको अवस्था, निर्वाचनको दिन र निर्वाचन पश्चात मतगणना र विजय ¥याली तथा सभाहरुको समेत मानव अधिकार दृष्टिकोणबाट अनुगमन गर्ने छ ।
आयोगले बागमती प्रदेशका कार्यालय प्रमुख सहसचिव यज्ञप्रसाद अधिकोरीको नेतृत्वमा लोकनाथ घिमिरे र निर्मला बोगटीलाई काठमाण्डौ र ललितपुर, मानव अधिकार अधिकृत रेवा रेग्मीको नेतृत्वमा रारा कर्माचार्यको टोलीलाई काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा, मानव अधिकार अधिकृत लक्ष्मी पौडेल नेतृत्वमा अस्मिता पोखरेललाई रामेछाप र सिन्धुली, पवित्रा भण्डारीको नेतृत्वमा विजया उप्रेती मैनालीलाई मकवानपुर र चितवन जिल्लामा अनुगमनका लागि खटाएको छ ।
यसैगरी आयोगले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अनुगमनका लागि १० वटा उच्च स्तरीय टोलीलाई समेत निर्वाचनको दिन अनुगमनका लागि बिभिन्न जिल्लामा खटाएको छ ।
उच्चस्तरीय टोलीमा आयोगका अध्यक्ष तपबहादुर मगरको नेतृत्वमा विरबहादुर बुढामगरको टोलीले काठमाण्डौ र ललितपुर जिल्लामा अनुगमन गर्नेछ । आयोगका सदस्य मनोज दुवाडी नेतृत्वको टोलीले काभ्रेपलाञ्चोक तथा भक्तपुर, सदस्य लिली थापा नेतृत्वको टोलीले काठमाण्डौको क्षेत्र नं ६, ७ र ८, आयोगका पुर्व सदस्य गौरी प्रधान नेतृत्वको टोलीले नुवाकोटमा अनुगमन गर्ने आयोगले जनाएको छ ।
यसैगरी आयोगका पूर्व सदस्य सुशिल प्याकुरेल नेतृत्वको टोलीले दोलखा र रामेछाप, आयोगका पूर्व सदस्य सुदिप पाठकको टोलीले काठमाण्डौ क्षेत्र नं ६, ७ तथा ललितपुर जिल्लामा अनुगमन गर्ने भएको छ ।
आयोगका का.मु.सचिव मुरारिप्रसाद खरेल नेतृत्वको टोलीले काठमाण्डौ क्षेत्र नं ३ तथा सहसचिव डा. टिकाराम नेतृत्वको टोलीले भक्तपुर, सहसचिव सम्झना शर्माको टोलीले काठमाण्डौ क्षेत्र नं १ र २, उपसचिव नितु गर्ताेलाको टोलीले ललितपुर क्षेत्र नं १ र २, सहसचिव नवराज सापकोटाको टोलीले धादिङ र उपसचिव झकरबहादुर रावलको टोलीले रसुवा र नुवाकोट जिल्लामा अनुगमन गर्नेछ ।