दोस्रो अभ्यास खेलमा नेपालको जित

भक्तपुर, जेठ २२
आइसिसी विश्वकप लिग–२ सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । अमेरिकाको प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा सम्पन्न दोस्रो अभ्यास खेलमा नेपालले ह्युस्टन हरिकेन्समाथि २९ रनको जित हासिल गरेको हो ।
नेपालले कप्तान रोहित पौडेलको शतक र सोपाल कामीको उत्कृष्ट बलिङको मद्दतमा जित हासिल गरेको हो । रोहितले ९० बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक १ सय १ रनको शतकीय इनिङ खेले । सोमपालले तीन विकेट लिएका थिए ।
खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ५० रनमा अल आउट भएको थियो । नेपालका रोहितले शतक प्रहार गरे । उनी ८९ बलमा शतक प्रहार गरे लगत्तै ३९ औं ओभरको दोस्रो बलमा रन आउट भए । आरिफ शेख र रोहितले पाँचौं विकेटका लागि १ सय ८ रनको महत्वपूर्ण शतकीय साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ लगेका थिए । आरिफ ६३ बलमा ३ चौकासहित ४१ रनमा आउट भए ।


नेपालको सुरुवात भने राम्रो हुन सकेन । ओपनर कुशल भर्तुेल तीव्र गतिका बलर हसन राशिदको दोस्रो ओभरको चौथो बलमा रमिज राजा जेआरबाट समातिए । सुनिल धमला मोहम्मद इलायसको नवौं ओभरको तेस्रो बलमा एज लागेर विकेटकिपर उस्मान राफिकबाट १३ रनमा क्याच भए ।
यस्तै देव खनाल ३१ बलमा ४ चौकासहित १९ रनमा आउट भए । चौथो विकेटका लागि रोहित र दीपेन्द्रसिंह ऐरीले ६० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । दीपेन्द्र २४ रनमा क्याच आउट भए । दीपेन्द्रले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारी १३ बल खेल्दै ४, सुशान भारी ५ र करण केसी १२ रनमा आउट भए ।
हरिकेन्सका लागि मोहम्मद इलियासले १० ओभरमा ६४ रन खर्चेर ५ विकेट लिए । हरमित सिंहले १० ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए ।


जितको लागि २ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको हरिकेन्स ४३.३ ओभरमा २ सय २१ अल आउट भयो । हरिकेन्सका निनाद निम्बालकरले ८१ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ९९ रनको योगदान दिए । ओपनर एन्ड्रिस गौसलाई २८ रनमा एलबीडब्लू आउट भए । गौसले २९ बलमा ६ चौका प्रहार गरे । नितिश कुमार १०, रमिज राजालाई २२, मार्टिन कैन ३, सक्लान हैदर ५, गौरभ बजाज १५ रनमा आउट भए ।
नेपालका सोमपाल कामीले ८.३ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । किशोर महतोले १० ओभरमा ५१ रन खर्चेर २ विकेट लिए । सागर ढकालले ८ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।