करेन्ट लागेर वृद्धको मृत्यु

भक्तपुर, जेठ २१
मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीस्थित मनोहरा बस्तीमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । सोही बस्तीमा बस्ने ५२ वर्षिय दिलबहादुर तामाङको आप्mनै घरको ढलान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
घरको ढलान भइरहेको अवस्थामा तार मिलाउने क्रममा दिउँसो ४ बजे करेन्ट लागेर तामाङ घाईते भएका थिए । उनलाई उपचारका लागि समिट अस्पताल लगिएको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।