भक्तपुरमा कांग्रेसले खाता खोल्यो

भक्तपुर, बैशाख १६
मध्यपुर थिमि वडा नं. ५ को दलित महिला सदस्यमा नेपाली कांग्रेसका लक्ष्मी देउला पोडे निर्विरोध निर्वाचित हुनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयन दाखिलाका क्रममा दलित महिला सदस्यमा पोडेको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय मध्यपुर थिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनुभयो ।