कांग्रेस परित्याग गरेका खायमलीले स्वतन्त्र उम्मेदवारी दिने

भक्तपुर, बैशाख १२
नेपाली कांग्रेस भक्तपुरका एक नेताले स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै पार्टीको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । सूर्यविनायक नगरपालिकाको मेयरको आकांक्षी रहेका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिनुभएको हो ।
उहाँले राजीनामा पत्रमा आफु जस्ता कार्यकर्ता पार्टीलाई आवश्यक नभएको महशुस गरेको र पार्टी केही मानिसको मुठीमा परिसकेको उल्लेख गर्नुभएको छ । नेतृत्वलाई वरीपरिबाट केही साथीहरुले घेर्नुभएको छ । ‘डुंगामा बसेर डुंगामा नै प्वाल पारिरहेका छन । तर पनि नेतृत्व देखेर पनि चुप रहनुको रहस्य आम जनतामाझ लेराउनु आवश्यक भै यो गम्भिर निर्णय गरेको छ,’ खायमलीले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । उहाँले सूर्यविनायक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने तयारी समेत गरेको छ ।